मङपु२७अक्टुबर(केशर
मोक्तान): मङपु खेलकुद संघको तत्वधानमा दुई दिवशीय बार्षिक दिपवाली
खेलकुद समारोह आज ए.सादाको
अध्यक्षतामा सम्पन्न भयो | उक्त
खेलकुद प्रतियोगिताको प्रमुख
अतिथि जीटीए बन विभागका कार्यकारिणी
सभासद रतन थापाको बहुलीबाट
मशाल जलन गरि खेलको आरम्भ गरियो | बिशोर
छेत्री अनि सुरेन्द्र थिङले
संचालन गरेको समारोहमा मङपु
सरस्वती बिधालय,ज्ञानपीठ बिधालय,शारदा
बिधालय,अगमसिह गिरी विधालय,कस्तुरी
एमएसके,लाब्दा एमएसके साथै
सन्तमगल एकाडमीद्वारा प्रस्तुत
गरिएको मार्चपास (परेड) प्रतियोगिता
सम्पन्न भयो | खेलकुद समितिका
सयोजक राम पोख्रेलले स्वागत
सम्भाषण राखेको समारोहमा अन्तर
बिधालय माझ बिभिन्न खेलकुद
प्रतियोगिता सम्पन्न भयो जसमा
सर्वाधिक अंक लिएर जुनिर
विभागमा सन्तमंगल एकाडमी
च्याम्पियन बन्यो भने सिनियर
विभागमा सरस्वती उच्चत्तर
माध्यमिक बिधालय च्याम्पियन
बन्दै प्रथम स्थान ओगट्न सफल
रह्यो | आजको खेलमा केटीहरुमाझ
खुल्ला म्याराथन दौड प्रतियोगिता
सम्पन्न भयो जसमा मेनुका राई
रोलक बस्ती प्रथम, सोनिया राई
पन्चावती हाई स्कुल दोश्रो
स्थान अनि शिखा राई पन्चावती
हाई स्कुलले तेस्रो स्थान प्राप्त
गर्न सफल भइन | खेलकुद समारोहमा
दार्जीलिंङ पुलिस ब्याण्ड
साथै एसयुएमआईका बिधार्थीवर्गले
ब्याण्ड डिस्प्ले प्रस्तुत
गरेर सबैलाई मन्त्र मुग्ध पारे | आज
सम्पन्न भएको मार्चपास परेडमा
सन्तमंगल एकाडमीले उत्कृस्ट
प्रदर्शन गरि च्याम्पियन बन्न
सफल बन्यो | हिजको खेलमा प्रमुख
अतिथि सिन्कोना बगान निर्देशक
डा.सामुएल राई उपस्थित थिए |

Post a Comment
We love to hear from you! What's on your mind?