सहिद कप फुटबलमा दार्जीलिंग च्याम्पियन

Pravin nine darjeeling wins mungpoo saheed cup
मङपु विभागीय खेलकुद संघको तत्वाधानमा सम्पन्न भएको सहिद कप फुटबल टुर्नामेन्टको फाईनल खेलमा ट्राईब्रेकरमा प्रवीण नाईन दार्जीलिङ च्याम्पीयन बनेको छ | आज मङपु विभागीय जनमैदानमा खेलिएको फुटबल फाईनल खेलमा दुई दलले गोल गर्ने थुप्रै मौका पाएता पनि निर्धारित समय ९० मिनट सम्म गोल गर्न नसक्दा अन्त्यमा ट्राईब्रेकरमा ४ को  बिरुद्ध ५ गोल गरेर मङपु रेसेप विभागलाई पराजित गरि प्रविण नाईन दार्जीलिङ च्याम्पीयन बने | देशको सिमानामा रक्षा गर्दा गर्दै प्राणको आहुती दिने मङपुका दुई सहिद सुजित थापा अनि संजय राईको स्मृतिमा खेलाईएको उक्त फुटबल टुर्नामेन्टको प्रमुख अतिथि जीटीए बन बिभागका कार्यकारिणी सभासद एव क्षेत्रीय सभासद रतन थापाको बाहुलीबाट विजय प्रतियोगोहरुलाई नगद राशी सहित ट्रफी हस्तान्तरण गरियो | बुद्द कुमार थापाले संचालन गरेको खेलकुद समारोहका बिशिष्ट अतिथिहरु असिम शर्मा,हरि प्रसाद राई,एस.एम राई अनि सभापति प्रेम छिरिंङ  भुटियाको बाहुलीबाट आजको पराजय दललाई  पारितोषिक बितवारण गरियो | यस सहिद कप फुटबल खेलको मिडिया पाटनर हिमालयदर्पण रहेको कारण यसै पत्रिकाका पत्रकार केशर मोक्तानलाई पनि आयोजक समितिको पक्षबाट स्मृति चिन्ह प्रदान गरियो | यस सहिद कप फुटबल टुर्नामेन्टको बेस्ट टीम सिम्ले नाईनलाई चयन गरियो भने आजको खेलको म्यान अफ द म्याच दार्जीलिंङ प्रविण नाईनका गोल किपर जेशन लामालाई चयन गरियो | आजको खेलको निर्णनायकको भार सन्तोष विश्वले गरेका थिए |

मङपु विभागीय खेलकुद संघको तत्वाधानमा सम्पन्न भएको सहिद कप फुटबल टुर्नामेन्टको फाईनल खेलमा ट्राईब्रेकरमा प्रवीण नाईन दार्जीलिङ च्याम्पीयन बनेको छ |

Read latest post filed under sports

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.