मङपूमा भुजेल [खवास] कल्चरल एण्ड वेलफेयर एसोसिएसनको समष्टि कमिटि गठन गर्नको निम्ति एक सभाको आयोजना भयो | दिपक टोल जेपी भुजेलको स्थानीय बास स्थानमा बसेको सभामा वर्तमान भुजेल [खवास] कल्चरल एण्ड वेलफेयर एसोसिएसन माथि गहन चर्चापछि अन्तमा मङपूमा पनि कमिटि गठन गर्न वर्तमान समयको मांग हो भन्ने निर्णयमा पुगे पछि सभापति जेपी भुजेलकै सभापतित्वमा गठन प्रक्रियालाई अघि बढाऊदै कमिटि गठन गर्यो | भुजेल [खवास] कल्चरल एण्ड वेलफेयर एसोसिएसन मङपू समष्टि कमिटिलाई सुचारुरुपले सन्चालन गर्नको निम्ति उपस्थितिले सभापति उज्ज्वल भुजेल उप-सभापति क्रमैले बाबुन खवास, पत्रुस खवास महा सचिव सागर खवास अनि सहसचिव टंक बहादुर भुजेललाई चयन गरेको छ भने कोषध्यक्ष अभिषेक खवास अनि लेखापरीक्षक चन्दन भुजेललाई चयन गरेको छ | बिशेस गरेर भुजेल समुदायको बिपन्न परिवारहरुको हितार्थ नै कमिटिले कार्य गर्ने अनि साथमा भुजेल समुदायको सांस्कृतिक संरक्षणहेतु पनि कमिटिले कार्य गर्ने निधो गरेको छ | उक्त सभामा नै नया कमिटिले टिस्टामा मुख्य मन्त्रीलाई स्वागत जनाउन जाने निर्णय लियो | मङपूमा भुजेल [खवास] कल्चरल एण्ड वेलफेयर एसोसिएसनको समष्टि कमिटिले चाडै नै एक सभाको आयोजना गरि कमिटिलाई अझै शसक्त बनाऊ हेतु बिभिन्न बिसयमाथि छलपल गर्ने अनि शाखा कमिटि गठन गर्ने प्रस्ताव ग्रहण गरेको छ | सभामा सभापति उज्ज्वल भुजेलले सबैलाई कामना दिदै राज्यको मुख्यमन्त्रीलाई आभार ब्यक्त गर्दै उक्त कमिटिले भुजेल समुदायको निम्ति धेरै कार्य गर्ने सक्ने जनाए भने सचिव सागर खवासले पनि भुजेल समुदायकको सांस्कृतिक संरक्षणहेतु बिभिन् स्तरमा कार्य गर्ने सक्ने बताए | अन्तमा सभाको सभापति जेपी भुजेलले सबैलाई भावी दिनको सुभकामना दिदै कमिटिले पाएको जिम्वारीलाई इमान्दारी पुर्वक पुरा गर्न पर्ने सुझाउ राखे ||

Post a Comment
We love to hear from you! What's on your mind?