रेशेप शाखा गोजमुमो पार्टीको सभापति रुपास बम्जनको नेतृत्वमा गत शनिबार रेशेप गन्तीको ग्याङमेन, चप्रासी अनि दफादार पक्षसित बगानको ढाँचागत विकाशको निम्ति साधारण भेटवार्ता लिइयो | दीर्घ दिनदेखिको बगानको अनि यसको सेरोफेरो सिन्कोना व्यवस्थापनको प्रमुख खेति एपिकेक, कुलैन, रबर आदिमा आएको अनियमिततालाई ध्यानमा राख्दै पार्टीको पक्षबाट विविध बुँदाहरु सहित ज्ञापन पत्र चडाइएको छ | उक्त ज्ञापन पत्रमा रिक्त कर्मचारीवर्गको नियुक्ति जेष्ठताको आधारमा हुने ग्रेडेसन सुची, डबल उपभोगको आम समस्या, प्रोक्सी, धुरामा पिउने पानीको वितरण प्रणाली, अनियन्त्रित मोडेल घर अनि कच्चा घर तपसील तयारी सुची मुताबिक हुनपर्ने एवम आइला अनि भूकम्प पिडितहरुको खेत ल्याण्ड आदि समस्याको निम्ति पार्टी पक्षबाट अव्गात गराइयो |
उक्त भेटवार्तामा गोजमुमो रेशेप शाखा सभापति रुपास बम्जन, मूल सचिव रिनेश शेर्पा, उपसभापति प्रकास कार्की, सहसचिव शरण राई, गणेश जैसी, दार्जीलिंग तराइ डुवर्स प्लान्टेशन लेबर युनियन मङपु जोन सचिव किशन बुडाथोकी, युनियन रेशेप शाखा सभापति बिशोर कार्की, सचिव सन्जीब देवान आदिको उपस्थिति रहेको जानकारी रेशेप शाखा सचिव रिनेश शेर्पाले एक विज्ञप्ति मार्फत दिएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?