गुरुङ जातिको सामाजिक, संस्कृतिक, भाषा रीति रिवाज आदिलाई संरक्षण गर्न हेतु गठन भएको अखिल भारतीय गुरुङ तमु बौद्ध संघले २४ – २५ वर्षको लामो अन्तरालमा ओबीसी तथा गुरुङ सांस्कृतिक विकास बोर्ड प्राप्ति गरेर केही राहत अनुभव गरेको छ | यस संघको मुख्य उदेश्य गुरुङ जातिलाई अनुसूचित जनजातिको मर्यादा प्राप्त गर्नु रहेको छ तथापी ओबीसीको दर्जा प्राप्ति तथा विकास बोर्डबाट गुरुङ जातिको शैक्षिक, सामाजिक, आर्थिक स्तरमा थप बल पुग्ने भएको हुनाले संघ मुख्यमन्त्री ममता ब्यनार्जी तथा पश्चिम बङ्गाल सरकार प्रति आभार प्रकट गरेको छ | हालमा प्राप्त गुरुङ सांस्कृतिक विकास बोर्ड गठन हेतु अभागुतबौस द्वारा चयन गरिएको विकास बोर्ड अध्यक्ष खगेन्द्र गुरुङको कुशल नेतृत्वमा गुरुङ बिकास बोर्डले अवश्य समग्र गुरुङ जातिको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक आदि विविध विषयहरुको उन्नति हुनेछ भन्ने कुरोमा विश्वस्त बन्दै अभागुतबौस मङपु जोन अध्यक्ष धिरेन गुरुङले एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?