![]() |
| Demo pix |
अंग्रेजकालीन रोङचोङ झोलुंगे पुलको मर्मति कार्यको निम्ति उद्घाटन कार्यक्रम भएको छ | आज रोङचोङ शाखा गोर्खा जनमुक्ति मोर्चा सभापति अर्जुन तामांगको सभापतित्वमा सम्पन्न कार्यक्रममा रोङचोङ, रोलक तथा लंकु क्षेत्रका जनसाधारण संगै मोर्चा मङपु लाब्दा समष्टि सभापति उर्गेन शेर्पा, सचिव रतन लामा, सहायक अभियन्त कला तामांग आदिको बिशेष उपस्थिति रहेको थियो | कार्यक्रमलाई रोङचोङ शाखा सचिव प्रकाश लेप्चाले संचालन गरेका थिए भने रतन लामा, नीलकुमार गिरी, एसएइ पाल्सांग रुम्बा आदिले पनि सम्बोधन गरेका थिए | आफ्नो सम्बोधनमा समष्टि सचिवले सबैलाई शान्ति तथा एक भएर उक्त झोलुंगे पुलको मर्मति कार्य गर्ने सुझाव राखेका थिए | पुलको मर्मति कार्य खरसाङ अभियन्ता विभागबाट भइरहेको पनि जानकारी गराइयो | वर्षायाम नजिक आइरहेकोले स्थानीय जनता, रोलक साथै लंकु बस्तिका जनसाधारणको सुविधाको निम्ति सबैले शान्ति पुर्वक उक्त पुल मर्मति कार्यलाई सफल पार्नपर्ने आवश्यक देखिएको छ किनभने त्यस झोलुंगे पुल बाहेक अन्य विकल्प नभएकोले बर्खाको समयमा यी क्षेत्रका बसिन्धाहरुलाई ओहर दोहर गर्न धेरै नै असुविधा भएको सर्वविधित नै छ | त्यस झोलुंगे पुल धेरै नै पुरानो भएकोले यहाँ पनि जोगीघाटमा झैं स्टील ब्रीज निर्माण गर्न आवश्यक परेको हुँदा साथै यस भेकका कृषकहरुको उब्जनीको सही बजारीकरण हुनपर्ने अनिवार्यताले गर्दा क्षेत्रीय सभासद रतन कुमार थापाले यस विषयमा पहल गरिरहेको जानकारी प्राप्त छ भने पुलमर्मर्ति साथै पहलको निम्ति क्षेत्रबासी सभासद थापा प्रति कृतज्ञ रहेको जानकारी समष्टि प्रचार प्रसार सचिव बुद्ध कुमार थापाले जनाएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?