विगत वर्ष २०११ मा नै उद्घाटन भएर पनि कार्यरुपमा परिणत हुन नसकेको बागगौडा र लाब्दा बस्तिलाई जोड्ने सडकको निरीक्षण कार्य सभासद अनित थापा अनि विभागीय एइ सुरेश लामाले केही दिन अघि मात्र गरेका थिए भने निरीक्षण भएको पाँच दिनभित्रमा नै बाटो खनन कार्यको श्रीगणेश भएको छ | यसरी उक्त सडक सही ढंगमा निर्माण गरिनुमा समस्त ग्रामबासीको सहयोग हुन पर्दछ | दार्जीलिंग गोर्खा पार्वतीय परिषद कालमा यस लाब्दा बस्ति क्षेत्रमा केही विकासको मूल फुट्न नसकेता पनि हालमा आएर जीटीए गठन भए पश्चात एकपछि अर्को गर्दै क्रमरुपमा विकास हुन थालेको ग्रामबासीले अनुभव गरेको छ | उक्त विकासकार्यको निम्ति ग्रामबासीको पक्षबाट गोजमुमो अध्यक्ष बिमल गुरुङ, सभासदगण रतन कुमार थापा अनि अनित थापा लगायत विभागीय एइ सुरेश लामा प्रति कृतज्ञता प्रकट गरेको छ | यसरी उक्त बाटो निर्माण गरिनुमा सभासद द्वयको अहम भूमिका रहेको स्पष्ट रहन्छ | यो बाटो निर्माण भएपछि मङपु, कलेबुंग अनि खर्सांगको दुरत्व धेरै कम्ति भएर जानेछ | आजको यस शुभअवसरमा भुमि पुजन गुरुजी निठेश गुरुङले गरेका थिए भने लाब्दा बस्ति गोजमुमो अध्यक्ष, सचिव अनि गाउँका समाजसेवी गोपीराम राई, धिरेन गुरुङ, जयशंखर राई अनि आनन्द राईको बिशेष उपस्थिति रहेको जानकारी गाउँको पक्षबाट उत्तम मुखियाले दिएका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?