सम्पूर्ण भारत भरि मनाइने होली पर्व मङपु क्षेत्रमा पनि धुमधामको साथ मनाइएको छ | गत १२ अनि १३ मार्चको दिन परेको दुई दिने रङहरुको पर्व होलीमा बिशेष गरेर यहाँको नालीडांडा बजार अनि रेशेप बजारका मारवाडी अनि बिहारी समुदायका मानिसहरुले बडो धुमधामले मनायो | एकार्कामा विभिन्न रङहरु दलेर शान्ति, एकता अनि सद्भावनाको संदेश बाँटेको पर्वलाई यी समुदायहरुले बिहानै देखि पुजापाठ गर्दै विधिवत रुपमा पालन गर्दै समापन गरेका थिए भने यसै पर्वलाई स्थानीय मानिसहरुले पनि होलीको रङहरु दलेर खुबै मनोरंजन गर्दै होली पर्वलाई हर्षोल्लासको साथ पालन गरेको थियो | यस रङहरुको महान पर्वलाई केवल मारवाडी, बिहारी समुदायले मात्र पालन नगरेर क्षेत्रमा बसोबासो गर्ने प्राय: जसो मानिसहरुले पालन गरेको देखियो भने अन्तमा होली खेल्दै एक टोली जोगीघाटमा पुगी बनभोज खाएर पनि यस पर्वको साक्षी बनेका थिए ||

Post a Comment
We love to hear from you! What's on your mind?