भूजेल [खवास] कल्चरल एण्ड वेलफेयर एसोसिएशनको सभा स्थानीय दिपक प्राथामिक पाठशालामा उज्वल खवासको सभापतित्वमा सम्पन्न भयो | बंगाल सरकारले भूजेल जाति पनि रहेछ अनि भुजेल जातिको पनि आफ्नो सहित्य, आफ्नो भाषा अनि संस्कार साथै जातीय भेष भुषा पनि हुँदोरहेछ भन्ने सम्पूर्ण कुरा थाहा पाएपछि सरकारले दिनदिनै विलुप्त हुदै गरेको भुजेल जातिको साहित्य, भाषा, संस्कार अनि जातीय भेष-भूषाको संरक्षण गर्न हेतु नै भूजेल बोर्ड गठन गरेको हो अनि भुजेल बोर्डले जातीय पहिचान दिएको भुजेल बोर्डका चेयरमेन प्रदीप कुमार खवासले बताएका छन् | हिज सम्म कसैले नचिन्ने भूजेल समुदायलाई भुजेल बोर्ड गठन भए पश्चात सरकारले पनि भूजेल समुदायलाई रामरी चिन्न थालेको छ | भुजेल समुदायलाई सरकारले ठुलो जिम्मेवारी दिएको छ, हराउन लागेको भुजेल जातिको भाषा, संस्कार, साहित्य अनि भेष भुषालाई संरक्षण गर्नुको निम्ति नै सरकारले बोर्ड दिएको हो | अब प्रतेक भुजेल जातिले आफ्नो भेष भुषा लगाउदै आफ्नु पहिचान दिन पर्ने कुरा माथि जोड दिदै भाषाको संरक्षण पनि त्यतिबेला हुन्छ जब ब्यवहारिकतामा भाषा प्रयोग हुन्छ यसैले अब उसो सबैले भुजेल भाषालाई प्रयोग गर्नु अति नै जरुरी रहेको जनाए | यसैक्रममा उनले भुजेलको आफ्नो संस्कार छ अनि भुजेलको संस्कार अनुसार भुजेलले बाहुन चलाउन नहुने अनि भुजेलको आफ्नु फोरो हुन्छ | फोरोले नै भुजेल समुदायको शुभ अनि अशुभ सबै कार्यहरु गर्ने अनि भुजेल जातिले अनिवार्यताको साथ फोरो नै चलाउन पर्ने स्पष्ट कुरा चियरमेन खवासले बताए | अबको केही दिन भित्र नै भुजेल जातिको शब्दकोष बजारमा उपलब्ध हुने छ जस मार्फत भुजेल भाषालाई बुझ्न अझै सजिलो हुने जानकारी दिदै उक्त शब्दकोषले भुजेल भाषा बचाउने दिशामा बिशेष पहल गरेको कुरा माथि आशावादी रहेको जनाए | अब भुजेलहरु भुजेलको आफ्नो स्वाभिमानमा बाच्नु सक्नु पर्छ जसको निम्ति सबै भुजेलहरुले आफ्नो भाषा प्रयोग गरौँ भेषभुषा लगाउ भन्ने नारालाई पनि प्रदीपकुमार खवासले बुलुन्द पारे | यसरी नै बोर्डले विधार्थीहरु अनि सरकारी कार्यमा संलग्न सबैको निम्ति ओंबीसी प्रमाण पत्रको निम्ति पनि पहल गर्ने बताए जसको निम्ति उच्च अधिकारीहरुसित बातचित भई सकेको जनाए | पहिलाको तुलनामा बोर्ड मार्फत धेरै सजिलोसित ओबीसी प्रमाण पत्र प्राप्त हुन सक्ने बताए | भुजेल बोर्डले अब्बल दर्जामा अंक लिएर उच्च शिक्षा आर्जन गर्न चाहेको खण्डमा बोर्डले आर्थिकस्तरमा पनि सहयोग गर्ने पनि बताए | भुजेल बोर्डको केन्द्रीय समिति सदस्य सागर खवासले बोर्ड गठन हुनु भनेको समयको मांग हो अनि भुजेलहरु पनि समयको मांग अनुसार चल्नु पर्ने जनाए | साथमा बिशेष गरेर अब भुजेल भाषालाई घरेलु प्रयोगमा ल्याउने कुरा माथि जोड दिदै नानीहरुलाई भाषा सिकाउनु पर्ने जनाए | अन्तमा सभापति उज्वल खवासले उपस्थितिलाई आभार ब्यक्त गर्दै आजको उपस्थिति ऐतिहासिक हो भनि जनाए | प्राय ७० घर जतिको उपस्थिति रहेको उक्त सभामा सभापति उज्वल खवासले भावी दिनमा पनि यसरी नै सबै एक भई अघि आउनु पर्ने जनाए | भुजेल बोर्डले जुन बिकाश गर्छ त्यो बिकाशमा प्रत्येक भुजेल दाजुभाइहरु समेटेको हुन्छ भनि जनाए | आजको सभा सन्चालन सचिव सागर खवासले गरेको थियो भने स्वागत सम्भाषण चन्दन भुजेलले राखेका थिए ||

Post a Comment
We love to hear from you! What's on your mind?