स्थानीय लाब्दा बस्ति एसएचजी भवनमा रङली रङलियट खण्ड कृषि विभागको तत्वधानमा एक दिने कृषि प्रशिक्षण कार्यशाला सम्पन्न भयो | कार्यशालामा कृषि विभागबाट जेबी राई, एसिस्टेन्ट डीए एडमिनिस्ट्रेशन कालेबुङ सदर, रुयेल लेप्चा, एसिस्टेन्ट डीए आरआर ब्लक तक्दाह, निसान भुटिया, जुनियर साइन्टिस्ट, रिसर्च एण्ड डेभेलप्मेन्ट सेन्टर फर एग्रिकल्चर कालेबुङ उपस्थित रहेका थिए | यस कार्यशालामा अलैंची, अदुवा खेती गर्ने विधि, रोग अनि यसको रोकथाम विषयमा प्रशिक्षण गराइयो | यस प्रशिक्षण शिविरमा भेकका १५० जति कृषकहरुले लाभ उठाए | अन्तमा विभागबाट कृषकहरुलाई सानो हाते काँटा, अलैंची, अदुवाको दवाई, कोपी, टमाटरको विजनहरु पनि प्रदान गरेको जानकारी विवेक छेत्रीले दिएका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?