Govind Chhetri CPRM Spokesperson

लोकसभा चुनाउको तयारीमा उत्र्यो क्रामाकपा, राष्ट्रिय पार्टीलाई सशर्त समर्थन जनाउन सक्ने

क्रामाकपा (क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी)-ले यसपालीको लोकसभा चुनाउमा राष्ट्रिय पार्टीलाई सशर्त समर्थन जनाउन सक्ने बाटो खुल्ला राखेको छ। तर यसको लागि स्थानीय उम्मेद्वार हुनपर्छ भन्ने पनि पार्टीको दोस्रो शर्त छ।
यति मात्रै होइन, भाजपाले यसपाली पनि दार्जीलिङ लोकसभा आसनबाट उम्मेद्वार खडा गर्न चाहन्छ भने यसपाली संसदको शीतकालीन सत्रमा गोर्खाल्यान्ड गठनको लागि निजी वा सरकारी विधेयक पेश गरेकै हुनपर्छ भन्ने पनि क्रामाकपाले अर्को अडान राखेको छ। क्रामाकपाले लोकसभा चुनाउको लागि तयारी शुरू गरिसकेको बताउँदै यसको लागि धेरैवटा विकल्पहरू राखेको जनाएको छ।
क्रामाकपा प्रवक्ता गोविन्द छेत्रीले आज यहाँ एक पत्रकार सम्मेलनको आयोजना गरी भने-हाल दार्जीलिङ पहाडमा पनि चुनाउको माहौल बिस्तारै तात्तिन थालेको छ। लोकसभा चुनाउअघि नै जीटीएको चुनाउ हुनेछ भन्ने पनि संकेत पाइँदैछ। तर क्रामाकपाले जीटीएको चुनाउ लड्छ वा लड्दैन, त्यो समय आएपछि नै स्पष्ट गरिनेछ। तर लोकसभा चुनाउको लागि क्रामाकपाले आफ्नो तयारी शुरू गरिसकेको छ। यसमा पार्टीको मूल मुद्दा नै गोर्खाल्यान्ड हुनेछ। दार्जीलिङ पहाडका जनताले राष्ट्रिय राजनैतिक पार्टी कंग्रेस, भाजपाका उम्मेद्वारहरूलाई घरि घन्टाउके, घरि हेविवेट भन्दै जिताएर संसद पठायौं। तर उनीहरूबाट दार्जीलिङ पहाड वा गोर्खा जातिले केही पाउन सकेन। केवल धोका मात्रै पायौं। यसैले यसपाली राष्ट्रिय पार्टीले दार्जीलिङबाट आफ्नो उम्मेद्वार खडा गर्छ भने उनीहरूले आफ्नो चुनावी घोषणा पत्रमा स्पष्टसित गोर्खाल्यान्ड दिने विषय लेख्नुपर्छ। यसरी नै उम्मेद्वारले लिखितरूपमा सांसद बनेर गएको 6 महीनाभित्र संसदमा गोर्खाल्यान्डबारे आवाज उठाइनँ भने संसद सदस्यबाट राजीनामा दिनेछु भन्ने पनि दिएको हुनपर्छ। यति मात्रै होइन, ती राष्ट्रिय पार्टीले दार्जीलिङ आसनबाट स्थानीय वा भूमिपुत्रलाई नै उम्मेद्वार खडा गरेको हुनपर्छ। यी शर्त मान्ने पार्टीलाई क्रामाकपाले समर्थन जनाउऩे निर्णय लिएको छेत्रीले बताए।
यसै विषयलाई केन्द्र गरेर पार्टीले 9 सदस्यीय चुनाउ कमिटीको पनि गठन गरेको छ, जसको संयोजक पार्टी प्रवक्ता छेत्रीलाई नै बनाइएको छ। उनले अझै अघि भने-राष्ट्रिय पार्टीलाई सशर्त समर्थन जनाउन सकिने विकल्पसँगै पार्टीले गोर्खाल्यान्डपन्थी राजनैतिक पार्टीहरूका साझा उम्मेद्वार खडा गर्ने, नभए आफ्नै उम्मेद्वार मैदानमा उतार्नेबारे पनि सोंच तयार पारेको छ।
तर राज्यको सत्तारूढ दल तृणमूल कंग्रेसलाई क्रामाकपाले कदापि समर्थन जनाउने छैन, उनले पार्टीको यो अडान पनि स्पष्ट पारे। उऩले भने-तृणमूल कंग्रेस पार्टीको सरकारले दार्जीलिङ पहाडका जनताको गणतान्त्रिक अधिकार हनन गरेको उदाङ्गो छ। यस्तो पार्टीलाई क्रामाकपाले कुनै पनि स्थितिमा समर्थन जनाउन सक्तैन। यसका साथै क्रामाकपाले दार्जीलिङ पहाडमा पञ्चायत चुनाउ पनि हुनपर्छ भन्ने विषयमा पनि जोड दिएको छ। यसबारे उनले भने-जीटीएको चुनाउभन्दा पनि महत्वपूर्ण पञ्चायत चुनाउ हो। पञ्चायत चुनाउ नभएको कारण दार्जीलिङ पहाडका ग्रामीण जनता कठोर समस्यामा परिरहेका छन्। यसैले जीटीए चुनाउअघि पञ्चायतको चुनाउ हुनपर्छ। यसैबीच, एक प्रश्‍नको उत्तर दिंदै उनले अलग राज्य गोर्खाल्यान्ड भए विकास स्वतः भएर जाने बताए। उनले भने-जनताले प्रत्येक चीजको लागि ट्याक्स दिइरहेका छन्, यसैले ती जनताको लागि सरकारले विकास गर्नुपर्छ, यो सरकारको परम कर्तव्य हो। यसैले विकासको लागि सरकारलाई भनिरहने कुनै आवश्यकता छैन।
फोटोः क्रामाकपा प्रवक्ता गोविन्द छेत्री।

http://pratibymba.com

क्रामाकपा (क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी)-ले यसपालीको लोकसभा चुनाउमा राष्ट्रिय पार्टीलाई सशर्त समर्थन जनाउन सक्ने बाटो खुल्ला राखेको छ। तर यसको लागि स्थानीय उम्मेद्वार हुनपर्छ भन्ने पनि पार्टीको दोस्रो शर्त छ।

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.