मनोज बोगटि, कालिमन्युज, कालेबुङ, 22 फरवरी। केन्द्रले सीमाङ्कनबारे आज दिनभरिमा पनि कुनै आधिकारिक निर्णय मोर्चालाई पठाएन। मोर्चाले पनि केन्द्रले दिएको आश्वासनलाई पर्खिएन। दिउँसो नै कुमानीमा भएको मोर्चाको केन्द्रिय कमिटीको बैठकले अब अनिश्चितकालीन बन्द नगर्ने निर्णय लिएको छ। बन्दको साटो मोर्चाले अन्य कार्यक्रमहरू नै तयार पारेको छ जसको घोषणा आज मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले गरेका छन्। तिनले भने, अब अनिश्चितकालीन बन्द हुँदैन। जनताले पाउने दुःख, परीक्षा अनि तिब्बतीय लोसारलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। तिनले मोर्चाले अनिश्चितकालीन बन्दको साटो अन्य कार्यक्रमहरू नै तयार पारेको बताए।
तिनले बताए अनुसार 24 फरवरीको दिनदेखि जीएलपीका तीन सदस्य अनि भूतपूर्व सैनिक मोर्चाका दुइ सदस्यले प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रभरि नै एकैचोटी आमरण अनशन गर्नेछन्। 27 देखि दिल्लीको जन्तर मन्तरमा अल्पसंख्यक अनि अन्य समुदायले 50 जनाको टोली बनाएर रिले अनशन गर्नेछन्। सोही दिनदेखि प्रत्येक विहिबार मोर्चाका सम्पूर्ण भातृसङ्गठनहरूले थानामा धर्ना लगायत, जुलूस र नाराबाजी गर्नेछ। विभिन्न परिक्षा, स्कूल कलेज तथा शैक्षिक संस्थानहरूलाई पूर्णरूपले छुट दिइएको छ।
यसैगरी अबोप्रान्त दार्जीलिङको चियालाई फ्याक्ट्रीबाट बाहिर लैजान दिइने छैन। यी कार्यक्रमहरू तराई-डुवर्सलाई गोर्खाल्याण्डको मानचित्रमा समावेश गर्न, सिब्सुकाण्डमाथि सीबीआई जॉंच अनि गोर्खाल्याण्ड दाबीको निम्ति गरिएको डा. छेत्रीले जनाएका छन्। यता सिब्सु र बाग्राकोटको अनशन जारी रहनेछ भने डुवर्सको पदयात्रा पनि जारी रहनेछ। मोर्चाले डाकेको बन्दलाई सीमाङ्कनबारे केन्द्रले आश्वासन दिएको भन्दै चारदिनको निम्ति स्थगित गरिएको थियो। बन्दको स्थगन आजसम्म रहेको थियो भने केन्द्रले दिएको आश्वासनअनुरूप कुनै पनि निर्णय नगरे मोर्चाले नयॉं कार्यक्रमहरूको घोषणा गर्ने भनेको थियो।
मोर्चाले यसो भनेको कारण जनतामा बन्द हुने नहुने कुराको भय छाएको थियो। मोर्चाले बन्द नगरेर अन्य कार्यक्रम बनाएकोले जनताले राहतको सास फेर्न पाएको छ। 8 फरवरीको दिन बङ्गालको पुलिस प्रशासनले सिब्सुमा गोली ठोकी तीन मोर्चा कार्यकर्ताहरूको हत्या गरेपछि त्यसकाण्डको विरोधमा मोर्चाले अनिश्चितकालीन बन्द डाकेको थियो, जो 9 दिनसम्म चलेको थियो। कलकत्ता मोर्चा युनिटको सभाको निम्ति गएको भन्दै कलकत्ता प्रस्थान भएका मोर्चा महासचिव रोशन गिरी, स्टडी फोरमका एलबी परियार अनि डा. आरबी भूजेल केन्द्रियगृह सचिवको निम्तोमा दिल्ली पुगेका थिए जहॉं त्रिपक्षीय बैठक नै भएको थियो।
यसै बैठकमा मोर्चाले दाबी गरेको प्राधिकरणमा जुन सीमाङ्कनको समस्या छ, त्यसको समाधानको निम्ति 22 फरवरीसम्म लिखितरूपले मोर्चालाई केन्द्रले जनाउने आश्वासन दिएको बताएर मोर्चाले बन्द फिर्ता लिएको थियो। केन्द्रले दिएको आश्वासनबारे जान्न चहॉंदा मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले भने, केन्द्रलाई भन्नुपर्ने कुरा सबै भनिसकेका छौं। अब भन्नु केही छैन। केन्द्रले नै आश्वासन दिएको थियो। त्यो पुरा गर्ने कर्तव्य पनि केन्द्र कै हो। तर आजसम्म केन्द्रबाट त्यस्तो कुनै निर्णय गरेको खबर आएको छैन। हामीलाई लागेको छ, यसैको निम्ति बैठकहरू चल्दै होला। मोर्चाको केन्द्रिय कमिटीको बैठकमा विमल गुरूङ लगायत विनय तामङ, कल्याण देवान तथा अन्यको पनि उपस्थिति रहेको थियो।

Post a Comment
We love to hear from you! What's on your mind?