(KalimNews)कालेबुङ, 23 फरवरी। बाग्राकोटमा मोर्चाले गरेको अनशनलाई बङ्गालको प्रशासनले निरन्तर हुनमा बाधा सृष्टि गरिरहेको छ। केही दिन अघि पनि प्रशासनले आमरण अनशनकारीहरूलाई पुलिसबल लगाएर उठाएको थियो भने उनीहरूलाई जलपाईगुड़ी अस्पतालमा भर्ना गरिएको थियो। तर अनशनकारीहरू अस्पतालमा बस्न मानेनन्। उनीहरू फर्किएर फेरि अनशनमा बसे। तर हिजो दिनभरि अनि रातीसम्म नै अनशनकारीहरूलाई उठाइने प्रयास गरिएको थियो। बेलुकीसम्म नै नारी कार्यकर्ताहरूले प्रशासनको यसप्रकारको दवाबको विरोध गरेपछि हिजो अनशनकारीहरूलाई उठाउन प्रशासनले सकेको थिएन। तर आज विहान लगभग 8.30 बजी लगभग बीसवटा वाहनमा अर्धसैनिक बल बाग्राकोट अनशनस्थलमा झारेर जबरजस्ती दुइ सिकिस्त अनशनकारीहरूलाई प्रशासनले उठायो। उनीहरूको स्वास्थ्य निक्कै गम्भीरस्थितिमा पुगेको थियो।
उनीहरूलाई मालबजार सदर अस्पतालमा राखिएको छ। मोर्चाका केन्द्रिय कमिटी सदस्य विनोद घतानीले जनाए अनुसार निर्मला दियाली अनि विन्द्या लामालाई प्रशासनले उठाएको छ। घतानीले भने, पुलिसबलले अनशनस्थललाई घेराहालेर जबरजस्ती दुइ अनशनकारीहरूलाई उठाएर वाहनमा हाल्यो। यसबेला धेरैको संख्यामा मोर्चा समर्थकहरूको उपस्थिति थियो। बेलुकीदेखि नै अनशनकारीहरुलाई उठाउने प्रचेष्टा गरिएको थियो। यता अनशनकारीहरूलाई उठाउन अघि मोर्चा प्रतिनिधि अनि प्रशासनका प्रतिनिधिहरूबीच बैठकभएको पनि जानकारी पाइएको छ। सभापछि नै अनशनकारीहरूलाई उठाइएको पनि सुनिएको छ। यता मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले अनशनकारीहरूलाई जतिपल्ट उठाउँछ उतिपल्ट नै राख्ने बताए। तिनले भने, मोर्चा समर्थकहरू धेरैसंख्यामा भए पनि कुनै पनि हस्तक्षेप गरिएन किन भने मोर्चाले गणतान्त्रिकरूपले आन्दोलन गरिरहेको छ।

Post a Comment
We love to hear from you! What's on your mind?