Hungerstrike suspended in Bagrakote...Bimal meets Chamling... विधानसभा चुनाउः कसलाई सघाउने?

KalimNews: All the hungerstrikers of Bagrakote were rushed to Kalimpong SD Hospital for medical treatment as their condition worsened. According to GJM sources GJNM members visited the hunger striker and found that the three were having several complications and suggested for immediate medical treatment. It is recalled that five GJNM memebers of Dooars started Fast unto death from 14th February at Bagrakote. Last week two of the hungerstrikers were taken to Jalpaiguri hospital where  they broke their fast, yesterday.
Meanwhile Bimal Gurung accompanied by senior GJM leaders Dr H.B.Chhetri, Prabin Rahaal and others met Pawan Chamling, Chief Minister of Sikkim at his residence in Mintogang and had mentioned it as courtesy meeting. The discussion is not revealed. It is recalled that yesterday GJM leaders of Sikkim unit approached for an appointment but CM had refused to meet the local GJM. GJM and SDF hada strained relationship since a case was filed in Supreme court for not allowing Sikkim vehicles to ply in NH31A and attacking them during strikes sponsored by GJM. Bimal Gurung had called Chamling a Nepali citizen exactly a year ago on 2nd March 2010 and displayed copies of the citizenship Ids and other documents allegedly related to Chamling to the press. These documents were previously displayed by BJP of Sikkim. 
Lately GJM had welcomed Chamling for his statement to the center regarding GJM strike with a request for an immediate solution to the Gorkhaland agitation. All Gorkhas hope that the friendship will not turn sour instead will be most helpful for both especially GJM.

विधानसभा चुनाउः कसलाई सघाउने?
मनोज बोगटी, कालिमन्युज, कालेबुङ,2 मार्च। हेर्दाहेर्दै विधानसभा चुनाउ नजिक आयो। यही चुनाउलाई अघि राखेर केन्द्र, राज्य अनि मोर्चा तीनैपक्षले आ-आफ्नै राजनीति गर्‍यो। यसपल्ट चुनाउ सीमानाको निम्ति हुने मोर्चाको दाबी छ। यस अघि लोकसभा चुनाउ गोर्खाल्याण्डको निम्ति भयो। हेविवेट नेता भनेर जसवन्त सिंहलाई गोर्खाल्याण्डको निम्ति जिताइयो। जसवन्त सिंहले गोर्खाल्याण्डको निम्ति के के गरे, त्यो जनतासामु स्पष्ट छ। गोर्खाल्याण्डको निम्ति जसवन्त सिंहले गरेको कार्यपदक्षेपलाई पारदर्शी राखिएको छैन। मोर्चाले जसवन्तले जति गर्‍यो, न त त्यो अघि गरिएको थियो, न त पछि नै गर्छ भन्ने आशयको टिप्पणी बारम्बार नै गरिरहेको छ। तर जसवन्त सिंहले गरेको काम स्पष्ट छ। 
तिनले सासंदमा पहाड़मा बङ्गालले विकास नगरेकोले छुट्टैराज्यको निम्ति आन्दोलन भइरहेको बुझाए। तिनले माग जायज छ भन्ने कुरा पनि भने, तर गोर्खाल्याण्डको निम्ति सांसदहरूको सहमति बटुल्ने काम रत्तिभर गरेनन्‌,जो दाबीको निम्ति खुबै प्रभावकारी रणनीति हो। बरू तिनले अन्तरिम प्राधिकरणको निम्ति केन्द्रसित खुबै मन दिएर कुराकानी गरे। जो अहिले सीमाङ्‌कन, वैधानिकता र विवादको कुराले अल्झिएर बसेको छ। यता यसै प्राधिकरणको निम्ति पनि मोर्चालाई चुनाउ लड्नुपर्ने छ। चुनाउ जितेर जनादेश आफ्नो पक्षमा रहेको देखाएपछि जीआरएको निम्ति पहल गर्ने ढोका खोलिन्छ। मोर्चाले प्राधिकरणलाई छोड्न सकेको छैन। दिए थाप्ने तर सीमाना दाबी गरेको अनुसार हुनुपर्ने मोर्चाको अड़ान हो। 
बङ्गालको विधानसभा चुनाउसित यसै त गोर्खाल्याण्ड मुद्दाको कुनै सरोकार छैन। तर प्रस्तावित क्षेत्रमा (मुख्यगरी तराई-डुवर्समा)मोर्चाको प्रभुत्व देखाउन चुनाउ लड्नै पर्ने मोर्चाको ठनाइ छ। चुनाउ त लड्ने तर सघाउने कसलाई? मोर्चाले खुलेर भनेको छैन। सुवास घिसिङ पनि चुनाउको अन्तिम क्षणसम्म मौन बस्थे अनि अन्तिम क्षणमा कसलाई सघाउनुपर्ने हो भन्ने कुराको आपतकालीन निर्णय सुनाउथे। यसपल्टको विधानसभा चुनाउमा पनि घिसिङकै सिको हुने हो वा अघावै समर्थित दलको नाम घोषणा हुने हो भन्न सकिएको छैन। 
यता जसले गोर्खाल्याण्डको मुद्दालाई प्राथमिकता दिन्छ उसैलाई सघाउने कुरा मोर्चाको छ। बङ्गालमा कुनै पनि दल यस्तो छैन जसले गोर्खाल्याण्डको कुरालाई प्राथमिकता दिन्छ। बङ्गालमा जसले पनि गोर्खाल्याण्ड मुद्दालाई महत्व दिन्छ उसले भोट पाउँदैन। माकपालाई जसरी पनि हराउनुपर्छ भन्ने वयानले माकपालाई नै फाइदा पुर्‍याउन सक्ने सम्भावना पनि रहन्छ। गोर्खाल्याण्डलाई देखाएर वा बङ्गाल विभाजनको मुद्दालाई देखाएर नै बङ्गालमा भोट बुलिन्छ। बङ्गालमा जसले पनि गोर्खाल्याण्डको मुद्दालाई समर्थन गर्छ, उसलाई बङ्गाल विभाजनकारी जुक्ति गरेको आरोप लगाएर भोट आफ्नोतिर तान्ने चुनावी रणनीति माकपाले गर्दैन भन्न सकिन्न। राजनैतिक संस्कृति नै यस्तो छ बङ्गालको। यस्तोमा माकपालाई हराइनुपर्ने अड़ान तीनोटा महकुमा अनि अल्पसंख्यक रहेको तराई-डुवर्सको क्षेत्रलाई समातेर गर्नु निक्कै चर्को कुरा हो।
 बङ्गालमा माकपासित भिड्न सक्ने दल भनेको तृणमूल कंग्रेस अनि कंग्रेस हो। तृणमूल नेतृ ममता व्यानर्जीले गोर्खाल्याण्डमाथि आफ्नो स्पष्ट धारणा राखिसकेकी छन्‌। तिनी बङ्गाल विभाजन चहॉंदैनन्‌ अनि विकासको निम्ति हो भने तिनी राजी छन्‌। कंग्रेसको प्रभुत्व बङ्गालमा राम्रो छैन अनि भाजपाको उपस्थिति नै बङ्गालमा छैन। यस्तोमा कुन दललाई मोर्चाले सघाउने, सघाउनुको कारण के हुन्छ? भन्ने कुरा महत्वपूर्ण रहेको छ। मोर्चा आफै चुनाउ नलड्ने भनिएको छ। लड़ेन भने सघाउनै पर्‍यो। जसले गोर्खाल्याण्ड भन्छ उसैलाई सघाउनुपर्‍यो अनि गोर्खाल्याण्ड भन्ने दल बङ्गालमा नै छैन। यस्तोमा विधानसभा चुनाउको रणनीतिले मुद्दालाई खासै फाइदा पुग्न सकेन भने भोटको राजनीति धार भएर आफ्नै घॉंटीमा आउन पनि सक्छ। यसै पनि पहाड़मा अन्य दलहरू पनि छन्‌ जसको राय मोर्चासित नमिल्न सक्छ। यस्तोमा सबैदलको सहमति विधानसभा चुनाउमा अनिवार्य पर्छ, जसरी लोकसभामा परेको थियो।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.