छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अब क्रामाकपाले राष्ट्रिय बहसमा ल्याउने

मनोज बोगटी, कालिमन्युज, कालेबुङ,1 मार्च। केवल क्षेत्रियस्तरमा मात्र चर्किरहेको तर राष्ट्रीयस्तरमा भने कतै पनि सहमति नबटुलिएको छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अब क्रामाकपाले राष्ट्रिय बहसमा ल्याउने भएको छ। क्रामाकपाले ठानेको छ कि दोस्रो चरणको आन्दोलनले गोर्खाल्याण्डको निम्ति राष्ट्रिय सहमति जुटाउन सकेन। यसैकारण मुद्दा दाबीको निम्ति कुनै पनि कार्यनीति निर्माण गर्न अनि त्यसलाई कार्यान्वयनमा ल्याइन अघि देशभरिका बौद्धिक जमातलाई मुद्दाको तथ्यपरक जानकारी उपलब्ध गराइनु अनिवार्य मान्दै क्रामाकपाले अब मुद्दालाई राष्ट्रिय बहसमा ल्याउने भएको क्रामाकपा महासचिव तारामणि राईले जनाएका छन्‌। तिनले भने, भोली यसै क्रमलाई निरन्तरता प्रदान गर्दै साना राज्यहरूको गठन चहाने घटक दलहरूको संयुक्त सङ्गठन नेश्नल फेडेरेश फर स्मलर स्टेटको आयोजनामा क्रामाकपाको पॉंच सदस्यीय टोली दिल्लीमा भइरहेको सङ्गोष्टीको निम्ति प्रास्थान हुनेछ।
तिनले मुद्दालाई राष्ट्रिय बहसमा ल्याएर मुद्दा दाबीको आधारभूत तथ्यलाई बौद्धिक जमातमा राख्न सके केन्द्रमा दबाव बनाउनको निम्ति शक्ति निर्माण गर्न सकिने विश्वास क्रामाकपालाई रहेको बताउँदै यस कार्यक्रममा छुट्टैराज्य पन्थी सबै राजनैतिक-अराजनैतिक सङ्गठनहरूको सहभागिता रहने जनाए। भागोप अनि क्रामाकपाले गोर्खाल्याण्डको पक्षबाट सङ्गोष्टीलाई सम्बोधन गर्नेछ।
क्रामाकपा कार्यकारी अध्यक्ष एलएम लामा, केन्द्रिय सदस्य शेखर छेत्री, रबिन राई, केन्द्रिय महापरिषद सदस्य निरज राई, केन्द्रिय समिति सदस्य किशोर प्रधान अनि गक्रायुमो महासचिव अरूण घतानी दिल्ली प्रास्थान गर्ने तिनले जनाएका छन्‌। सम्पूर्ण उत्तरपूर्वी क्षेत्रहरूबाट सङ्गोष्टीमा प्रतिनिधिहरू रहनेछन्‌ भने तेलङ्गनाका पी. निरूप, बन्देलखण्डका राजा बुन्देला तथा सबै छुट्टैराज्य गठनको निम्ति आन्दोलनरत सङ्गठनहरूका प्रतिनिधिहरूको उपस्थिति हुनेछ। सङ्गोष्टीमा उपस्थित बौद्धिक जमातमा राख्न छुट्टैराज्य गठनका सम्भाव्य पक्ष तथा तथ्यपरक दस्तावेजहरू साथै लिएर जाने बताउँदै राई भने, 4 तारिकको दिन यो सङ्गोष्टी हुनेछ अनि यसको भोलीपल्ट जन्तरमन्तरमा धर्नाको कार्यक्रम रहनेछ। क्रामाकपा टोलीले केही दिन दिल्लीबास गर्दै त्यहॉंका बौद्धिकसमाजलाई गोर्खाल्याण्डबारे शिक्षित गराउनेछन्‌।
गोर्खाल्याण्डको मुद्दालाई राज्यका मुख्यमन्त्री समेतले साम्प्रादायिक बनाइरहेका छन्‌ अनि दार्जीलिङका वर्तमान सांसदले पनि मुद्दाको वास्तविकतामाथि दिल्लीको बौद्धिकसमाजमा कुनै पनि तथ्यपरक कुरा राख्न नसकेकोले हाम्रो मुद्दालाई अर्कै दृष्टिकोणले हेर्न थालेको अनुभव क्रामाकपाले गरेको छ। यसैकारण हाम्रो समस्यालाई विकासको मुद्दा बनाइन चलखेल भइरहेको लागेको छ। हाम्रो जम्मै समस्याको समाधान छुट्टै राज्यले मात्र गर्छ, तर यो कुरा प्रमाणित गर्न राष्ट्रिय बहस र बौद्धिक जमातसित अन्तरक्रिया अनिवार्य मानिएको छ। क्रामाकपा आञ्चलिक समितिका सचिव किशोर प्रधानले पनि भने, दिल्लीमा अगोर्खा छुट्टैराज्यपन्थी वामपन्थी सङ्गठनहरूसित क्रामाकपाले ठाउँठाउँमा नै अन्तरक्रियात्मक कार्यक्रम गर्नेछ। यसरी नै राष्ट्रिय शक्ति निर्माणको निम्ति दिल्लीमा 12 मार्चसम्म रहेर क्रामाकपाले बौद्धिक व्यक्तिहरूसित भेटघाट गर्नेछ।
जादवपुर युनिभर्सिटीका वामपन्थी छात्र सङ्गठन आइसासित मिलेर 2008 झैं राष्ट्रिय सेमिनार गर्ने तयारी पनि गरिनेछ। तिनले गोर्खाल्याण्ड पक्षधर युनिभर्सिटीका प्रोफेसर अभिक मजुम्दारसित पनि भेटघाट गरेर सङ्गोष्टी सम्बन्धमा सहमति माग्ने पनि जनाए। तिनले दिल्लीको कार्यक्रम सकिएपछि क्रामाकपाको एकटोली दिल्लीबाट नै कलकत्ता आउने अनि त्यहॉं पनि सङ्गोष्टी-अन्तरक्रियात्मक कार्यक्रम गर्ने तिनले जनाए। तिनले भने, छुट्टैराज्य पक्षधर मोठ 12 वटा वामपन्थी सङ्गनहरूसित गोर्खाल्याण्डको विषयमा कलकत्तामा क्रामाकपाले अन्तरक्रिया गर्नेछ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.