प्रशिद्ध संगीतकार ब्राइन मोक्तान निखोज


मनोज वोगटी, कालेबुङ,19 अप्रेल : नेपाली सङ्गीत जगतमा प्रशिद्ध रहेका गायक एवं संगीतकार ब्राइन मोक्तान टिस्टा नदीमा निखोज भएका छन्‌। इलेक्सन ड्युटी निभाउन खरसाङ गएका मोक्तान चुनाउ सकेर आज कालेबुङ फर्किरहेका थिए। मोक्तान साथीभाइहरूसितै एउटा बसमा कालेबुङ फर्किरहेका थिए। सिलगढ़ी भएर कालेबुङ आइरहेको बस 18 माइलमा आइपुग्दा जाममा पर्‍यो। जाम अनि चर्किएको गर्मीको कारण यात्रीहरू वाहनबाट उत्रिरहेका थिए। यसैबेला बसबाट उत्रिएका संगीतकार ब्राइन मोक्तान निखोज हुन्छन्‌ भनेर कसैले सोंचेका थिएनन्‌। 
मोक्तान धेरैबेरसम्म हराएपछि खुल्दुली हुनथाल्यो। त्यसैबेलादेखि मोक्तानले टिस्टामा हाम फालेर आत्महत्या गर्‍यो भन्ने हल्ला चारैतिर फैलिएको थियो। जानकारी पाइए अनुसार मोक्तान बसबाट उत्रिएपछि धेरैबेरसम्म तिनलाई भेटिएन। त्यसपछि तिनको खोजी शुरू भयो। वरिपरि हल्लाखल्ला बढ्यो। 18 माइल वरिपरिका मानिसहरू, रम्बी थानाका पुलिस बल अनि छेवैको हनुमान मन्दिरमा भइरहेको पूजामा आएका मानिसहरू मोक्तानलाई खोज्नमा जुटे। त्यसैबेला मोक्तानलाई 18 माइलको भीरमा लगभग 60 फुट तल अप्ठ्यारो ठाउँमा बसेको सबैले देखे। तिनको उद्धार गर्न वरिपरिबाट मानिसहरू तिनी भएठाउँतिर बढ़िरहेका थिए कि अचानक मोक्तानले छलाङ हाने। हेर्दैहेर्दै तिनी टिस्टाको धमिलो पानीमा विलिन भए- यस्तो थियो प्रत्यक्षदर्शीहरूको भनाइ। 
मोक्तानले आत्महत्या गरेका हुन्‌ वा तिनी कुनै रोगले ग्रस्त थिए, घटनाले विभिन्न जिज्ञासाहरू उपार्जन गरेको छ। मोक्तान इण्डो टिवेटन प्राथमिक पाठशालाका शिक्षक हुन्‌। तिनी विद्यार्थीहरूलाई अंग्रेजी, भूगोल र विज्ञान पढ़ाउँथे। मोक्तान नेपाली संगीत क्षेत्रका एक वरिष्ट संगीतकार हुन्‌। तिनको ख्याती नेपाल पनि रहेको छ। धेरै प्रशिद्ध गायकहरूले तिनको गीत गाएका छन्‌ । तिनी हिजो चुनाउको ड्युटी परेर खरसाङ गएका थिए भने आज तिनी साथीहरूसित नै बसमा फर्किरहेका थिए। तिनी टिस्टा नदीमा निखोज भएपछि टिस्टाको र्‍याफ्टिङ टिमले चारैतिक खोजी कार्य जारी राखेको छ। समाचार लेखिञ्जेल तिनको शव भेटिएको छैन।
Read latest post filed under regional news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.