मंग्पूमा तीन दिवसीय योगाभ्यास प्रशिक्षण शिविरको आज समापन

बिगत २२ अप्रेल देखि योगाभ्यास सिक्न अनि गर्न इच्छुक ग्रामवासीहरुलाई सिक्किमका योगगुरु रामप्रसाद शर्मा, सोनाम छिरिंग भोटिया तथा  एम० बी० थापा द्वारा मंग्पूर बिभाग स्थित सिद्दार्थ स्कूल प्रांगणमा "पतंजली योगपीठ" को तर्फबाट निशुल्क योग प्रशिक्षण प्रदान भईरहेथ्यो भने आज उक्त कार्यक्रमको समापन भयो | स्थानीय समाज सेवक टी० बी० लेप्चा, हरिप्रसाद राई, निर्मल गुरुङ अनि विजय राईको सद्प्रयास फलस्वरूप बिहान ६ बजेनै सिक्किमबाट गुरुजन आई सबैलाई यसरी सुस्वास्थ्य अनि रोगमुक्त भारतको लक्ष्य प्राप्तिमा लागि परेका स्वामी रामदेवको भारत स्वाभिमान आन्दोलन अन्तर्गत विभिन्न प्रकारका शारीरिक ब्यायामहरु  अनि प्राणायामका प्रशिक्षण प्रदान गरिरहनु भएका थिए | ग्रामवासीहरु धेरै संख्यामा  उपस्थित भई योगशिविरबाट  लाभ उठाए | आजको समापन कार्यक्रमको शुरुवात स्थानीय बुजुर्ग ए० एम० राईको बाहुलीबाट दीप प्रज्ज्वलन बाट गरियो | कार्यक्रममा  सिक्किमका युवा कार्यकर्ता दुर्गा शर्मा तथा डा० टिकाप्रसाद शर्मा पनि उपस्थित थिए अनि अब उसो शिविरमा स्थानीय गुरुजनको निर्देशनमा योगाभ्यास कार्यक्रम चलिरहनेछ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.