मंग्पूमा डा० भीम राव अम्बेडकरको १२० वाँ जन्म जयन्ती पालन

मंग्पू २४ अप्रेल,केशर मोक्तान: भारतीय सविधानको निर्माता भारत रत्न बाबा साहेब डा० भीम राव अम्बेडकरको १२० वाँ जन्म जयन्ती स्थानीय रविन्द्र भवन पेक्षग्रहमा प्रेम शेर्पाको अध्यक्षतामा आज सम्पन्न भयो| अम्बेडकर जयन्ती समारोह समिति मंग्पूको तत्वधानमा सम्पन्न भएको यस कार्यक्रमका प्रमुख अतिथि गोजमुमो केन्द्रिय समितिक संगठनिक सचिव एवम मंग्पू लाठपन्चर जोनका संयोजक रतन थापा,सभापति प्रेम शेर्पा लगायत अन्य विशिष्ठ अतिथिगणद्वारा  डा० अम्बेडकरको तस्वीरमा दीप जलन एवम पुष्प अर्पण गरे | 
तारा  लोहार,विशोर छेत्री र मनोज थापाले संचालन गरेको त्यस कार्यक्रममा रणजीत सिन्चुरीले स्वागत भाषण एवम मंग्पूका भजन गायक पदम  बराइलीले स्वागत भजन प्रस्तुत गरि सम्पूर्ण दर्शकवर्गलाई मन्त्रमुघ्द परे | समारोहको शुरुमा आज नै मृत्यु भएको श्री सत्य साइ बाबाको स्मरण गर्र्दै  अनि सिब्चु गोलीकाण्डमा शहीद हुने तीन शहीदहरुलाई स्मरण गर्र्दै दुई मिनटको मौन धारण गरियो भने मंग्पू शेर्पा समाजक नानीहरुले शेर्पा नृत्य साथै मंग्पू  अम्बेडकर विद्यालयक नानीहरुले मिठो गीत प्रस्तुत गरे | यस्तै गरी डा० अम्बेडकर जयन्ती समारोह समिति मंग्पूको पक्षमा गत वर्ष २०१० तथा नयाँ दिल्लीमा सरकारद्वारा डा० भीम राव अम्बेडकर पुरस्कारले विभुषीत व्यक्तिहरुलाई सम्मान जनाइयो | सम्मान जनाउने क्रममा  डी० एस० लोहार अनि विनय रसाईलीलाई समारोहका प्रमुख अतिथि रतन थापाको बाहुलीबाट प्रशस्ति पत्र एवम साल ओडाएर सम्मान जनाइयो भने इन्द्रमणि दर्नाललाई सभाध्यक्ष प्रेम शेर्पाले,एन० बी० कालिकोटेलाई रत्न लामाको बहुलीबाट, बीरखु भुषाललाई नरेश शेर्पाबाट,अनित लकान्द्रीलाई एस० एम० राईबाट,रेखा सार्कीलाई डी० एस० प्रधानबाट अनि स्व० बी० बी० बराइलीको समवर्र्धना पत्र टेक बराइलीलाई प्रेम शेर्पाको बहुलीबाट ढाका टोपी र साल ओडाएर सम्मान जनाइयो | यसरी सामाजिक कार्यकर्ता रविन लोहारले भारतीय  संविधानका प्रणेता एवम मानवताका  महा  महिम भारतरत्न पुरस्कारले विभुषीत बाबा साहेब डा० भीम राव अम्बेडकरको जीवनीमाथि दुई शब्द राखे | मंग्पूक कवि दीप थापा,सुजीत थापा र उदय थुलुंगले कविता वाचन गरे भने शिशिर गहतराज,बेनु बम्जन र घनिका सिन्गौरेले पनि गीत प्रस्तुत गरे| आयोजक समितिको पक्षमा स्थानीय वरिस्ठ नागरिक एवम व्योह व्यक्तिहरुलाई पनि सम्मान जनाइयो अनि अन्तमा श्याम सिन्गौरे द्वारा धन्यबाद ज्ञापन  गरे | मंग्पू  सरस्वती,अगम सिंह गिरी र दिब्य ज्योति विद्यालयका नानीहरुले नृत्य प्रस्तुत गरे |   

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.