ममता व्यानर्जीसित बन्दिमुक्ति कमिटीको बैठक 31 मईमा

छत्र सुब्बा अनि तीनका साथीहरूलाई न्याय दिलाउनेछौं-छोटन दास
Kalimpong(कालेबुङ)30 मई,मनोज वोगटी:  ममता व्यानर्जीले राजनैतिक बन्दिहरूलाई मुक्त गर्न सरकारीरूपले नै पहल गर्ने बताएपछि छत्र सुब्बाहरूको मुक्तिको सम्भावना व्यापक बनेको छ। उत्तरबङ्गालमा राजनैतिक बन्दिहरूको हीतमा कार्य गर्ने बन्दि मुक्ति कमिटीले पनि छत्र सुब्बाहरूको मुद्दालाई गम्भीर लिएको छ।उत्तरबङ्गाल बन्दिमुक्ति कमिटीले मुख्यमन्त्री ममता व्यानर्जीको बन्दिमुक्ति पहललाई नितान्तै महत्वपूर्ण पहल मानेको छ। बन्दिमुक्ति कमिटी राज्य कमिटीका सचिव छोटन दासले अघिल्लो सरकारले राजनैतिक फाइदाको निम्ति नै धेरै राजनैतिक बन्दिहरूलाई षड़ाएर राखेको बताउँदै ममताको सरकारले शुरूमा नै राजनैतिक बन्दिहरूप्रति उदारता देखाएको जनाएका छन्‌।कलकत्ताबाट छोटन दासले टेलिफोनिक जानकारी दिए अनुसार ममता सरकारले राज्यभरिका राजनैतिक बन्दिहरूको उन्मुक्तिको निम्ति कमिटी नै गठन गर्ने घोषणा गरेका छन्‌। यसलाई लिएर ममता सरकारले प्राथमिक पहलमा नै राजनैतिक बन्दिहरूलाई मुक्त गर्ने सोंच बनाएको छ। छोटन दासले भने, राजभरि यस्ता बन्दिहरू धेरै छन्‌, जसलाई राजनैतिक कारणले बन्दि गरिएको भए पनि राजनैतिक बन्दिको दर्जा भने दिइएको छैन। अघिल्लो सरकारको मनोपोली यहीँबाट स्पष्ट थियो।
अहिलेको सरकारको सोंच र कार्यशैली नै फरक छ, यसकारण राजनैतिक बन्दिहरूलाई लिएर ममता व्यानर्जीले न्यायपूर्ण पहल गर्ने विश्वास बन्दिमुक्ति कमिटीलाई छ। तिनले पहाड़का छत्र सुब्बाहरूको सन्दर्भमा भने, छत्र सुब्बाहरूलाई राजनैतिक कारण नै पक्राउ गरिएको हो, तर उनीहरूलाई राजनैतिक बन्दिको मर्यादा संशोधनागृह सम्बन्धित विभागले प्रदान गरेन।

यसमा अघिल्लो सरकारको राजनैतिक स्वार्थ थियो। सुप्रिम कोर्टले राजनैतिक कारणले बन्दि बनेकालाई स्वतः नै राजनैतिक बन्दिको मर्यादा प्रदान गर्नुपर्ने निर्देश दिएको छ, तर अघिल्लो सरकारले सुप्रिम कोर्टको निर्देशलाई कुनै महत्व दिइरहेको थिएन। छत्र सुब्बा अनि तिनका साथीहरू 10 वर्षदेखि बन्दि छन्‌। उनीहरूको निम्ति बन्दिमुक्ति कमिटीले बारम्बार आवाज उठाउँदै आइरहेको छ।
अब मुख्यमन्त्री ममता व्यानर्जीसित पनि उनीहरूको जिकिर गरिने छ। तिनले 31 मईको दिन बन्दिमुक्ति कमिटीले ममता व्यानर्जीसित बैठक गर्ने पनि जनाएका छन्‌। तिनले भने, ममता व्यानर्जीले गठन गर्ने बन्दि मुक्ति कमिटीमा हाम्रो बन्दि मुक्ति कमिटीका सदस्यहरू रहनेबारे कुराकानी भइरहेको छ। दार्जीलिङ जिल्ला कमिटीका अध्यक्ष अजित राय अनि सल्लाहकार विभास चक्रवर्ती कमिटीमा बस्ने सम्भावना रहेको पनि तिनले बताए। दासले भने, हाम्रा सदस्यहरू कमिटीमा रहेपछि छत्र सुब्बाहरूको मुद्दाले गति प्राप्त गर्ने छ।

हाम्रो माग छ, छत्र सुब्बाहरूलाई राजनैतिक बन्दिको मर्यादा दिएर उनीहरूलाई मुक्त गरिनुपर्छ। यसबारेमा राज्य कमिटी गम्भीर रहेको छ। यता क्रामाकपाको युवा सङ्गठन गक्रायुमोले पनि भर्खर नै छत्र सुब्बाहरूलाई मुक्त गरिनुपर्ने मागमा मुख्यमन्त्रीलाई पत्रव्यवहार गरिसकेको छ। बन्दि मुक्ति कमिटी जिल्ला शाखाका उपाध्यक्ष अरूण घतानीले छत्र सुब्बाहरूको मुक्तिको निम्ति कमिटी कटिबद्ध रहेको जनाए। तिनले राज्य कमिटीलाई जिल्ला कमिटीले जिल्लाका राजनैतिक बन्दिहरूको पूर्ण सूची उपलब्ध गराइने अनि यसैको आधारमा कमिटीले राज्य सरकारसित कुरा अघि बढ़ाउने जनाएका छन्‌।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.