50 किलोमिटरको फ्रेण्डली ग्रुप लङ रनमा कुदिन रोशनी 'यो अपूर्व खुशीको क्षण हो हाम्रो निम्ति'

कालेबुङ,2 मई,मनोज वोगटी: पेशाले अधिवक्ता रहेकी भएपनि राष्ट्रिय म्याराथन धावकहरूको लहरमा आफूलाई दह्रोसित  उभ्याउन सक्षम बनिरहेकी पेदोङकी रोशनी राई आफ्नै जन्मथलोमा पनि कुद्न आइपुगिन्‌। रोशनी राई मुम्बईबाट राष्ट्रियस्तरको मात्र नभएर अन्तराष्ट्रियस्तरमा पनि म्याराथन कुदिरहेकी छन्‌। तिनी मुम्बईमा नै पामोलिव कोलगेटका कानूनी सल्लाहकार पनि हुन्‌ भने अहिले तिनी राष्ट्रिय-अन्तराष्ट्रियस्तरमा म्याराथन कुदिरहेकी छन्‌। धेरै ठॉंउ म्याराथन कुदेर दार्जीलिङको नाम  उज्यालो गरिसकेकी रोशनीको कर्मथलो मुम्बइ रहेको छ भने जन्मथलो पेदोङ। धेरै ठाउँ कुदिसकेकी अनि राष्ट्रिय महिला धावकहरूको सूचीमा आफ्नो नाम सधैँको निम्ति दाखिला गर्न सक्षम भइसकेकी रोशनी अहिलेसम्म आफ्नै ठाउँमा भने कुदेकी थिइनन्‌। तिनको आफ्नो क्षेत्रमा कुद्ने इच्छा थियो, जसलाई पुरा गरिदिएको छ भेटेरन्स क्लब कालेबुङ, पेदोङ युथ स्पोर्टस एसोसिएसन अनि कालेबुङ प्रेस  क्लबले। हिजो मई दिवसको दिन तिनी अन्य राष्ट्रिय चार धावकहरूसित नै कालेबुङमा कुदिरहेकी थिइन्‌। लामो दौडको म्याराथन कुद्ने लक्षित अवधीलाई पूरा गर्दै तिनी हिजो 50 किलोमिटर पुरा कुदिन्‌। अहमदावादका विश्वास भम्बुरकर, बेङ्गलोरका ब्रीजेश गजेरा, मुम्बईका अमित अनि चण्डिगड़की आशा अरोरा पनि रोशनीसित नै कुदिरहेका थिए। तीनोटा सङ्गठनले यो दौड़लाई फ्रेण्डली ग्रुप लङ रन-नाम  दिएको थियो। दौड़ तय गरिएको थियो रम्बीको सुन्तलेदेखि पेदोङसम्म। बिहान 6ः04 मा रम्बी थानाका ओसी दिपेन तामङले झण्डा हल्लाइदिएपछि पॉंच धावकहरूले सुन्तलेदेखि पेदोङसम्मको लक्षित यात्रा दिउँसो 1.10 सम्म आइपुग्नेगरी तय गरेका थिए। धावकहरूको निम्ति राष्ट्रिय राजमार्गदेखि कालेबुङसम्मको सम्पूर्ण प्रबन्धन पक्ष सम्हालेको थियो भेटेरन्स क्लबले। कालेबुङदेखि पेदोङतिर  धावकहरूले प्रस्थान गरिञ्जेलको निम्ति प्रबन्धन कालेबुङ प्रेस क्लबको थियो भने पेदोङमा पेदोङ युथ स्पोर्टस्‌ एसोसिएसनकोे। धावकहरूको मनोबल बड़ाउनको निम्ति धावकहरू कालेबुङ आइपुगेपछि कालेबुङका वरिष्ट नागरिकहरूले नोभेल्टी सिमेनाघर नजिकदेखि मेनरोडसम्म आफूहरू पनि धावकहरूसित नै कुदेर साथ दिएका थिए भने कालेबुङदेखि पेदोङसम्म नै जिल्ला अनि महकुमा स्तरीय धावकहरूले  पनि साथ दिएका थिए। कालेबुङमा प्रेस क्लब, वरिष्ट नागरिक तथा आम नागरिकहरूले धावकहरूलाई सम्मान जनाएपछि पेदोङसम्म नै धावकहरूलाई सम्मान र स्वागत जनाउनेहरूको भीड़ देखिएको थियो। पेदोङ पुगेर रोशनीले भनिन्‌, आफ्नै ठाउँमा कुद्न पाउँदा खुशी लागेको छ। त्यो भन्दा हर्ष लागेको छ गाउँमा पाइएको यो सम्मान र मायादेखी। म्याराथनमा यहॉंपनि सबको चासो देखेर त झन खुशी लागेको छ। सुयोग र  क्षेत्र पाए यताका धावकहरूले देशको नाम राख्न सक्नेछन्‌। यो दौड़ले कुनै पनि धावक जन्माएछ भने त्यो मेरो सफलता हुनेछ।  बेङ्गोलरबाट आएका बीज्रेस गजेरा भनिरहेका थिए, मुम्बईमा रोशनी नाम गरेको कुनै धावक छ भनेको सुनेको थिएँ। तिनीसित मेरो साइबर सम्पर्क भयो।
एक धावकसित अर्को धावकको सम्बन्ध भनेकै दौड्‌नुको निम्ति हुन्छ। हामी लामो दौड़ गर्ने धावकहरू हौं। रोशनीलाई गाउँमा  तिमीसित म पनि कुद्‌छु भनें, र आज कुदें पनि। पहाड़मा कुदेको यो मेरो अपूर्व अनुभव हो। रोशनीलाई हिजो नै देखें अनि आज संगसंगै कुद्न पायौं। सबै साथीहरूलाई यो दौड़ले व्यक्त गर्नै नसक्ने अनुभव दिएको छ। हामीलाई साथ दिनुभएकोमा पहाड़ र पहाड़वासीलार्ई सलाम।
Read latest post filed under sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.