चट्याङले लियो एकको ज्यानःदुइ घाइते

कालेबुङ,2 मई,मनोज वोगटी: हिजो अचानक दर्किएको झरीले मकै पनि गोड्न नदिएपछि मकै गोड्‌दागोड्‌दै भिजेकै लुगामा घरमा पुगेर चिया पिउँदा पिउँदै ठूलो आवाजमा चट्याङ बज्रियो। घरको छेउमा नै हानेको थियो चट्याङ। सबैको कान नै बन्द भयो। एकक्षण पछि भान्साघरको भुँइमा नै नैनसिंह भुजेल निष्प्राण थिए। मकै गोडेर दर्कने झरीबाट केही क्षण भए पनि निजात पाउन अनि भिजेर बढेको जाड़ो भगाउन भान्साघर पसेर चिया पिइरहेको ठाउँमा नै लीला भुजेलले आफ्नो लोग्ने गुमाइन्‌। यस्तो घटना 24 न. समष्टी अन्तर्गत पर्ने समथारमा हिजो घट्यो। बिहान पारिलो घाम लागेको थियो, यसैकारण हुर्किरहेका मकै गोड्‌न लोग्ने -स्वास्नी नैनासिंह अनि लीला बारी पसेका थिए। मकै गोड्‌दागोड्‌दै मुसलधारे झरी दर्कियो। लगभग पॉंच बजी मुलधारे झरीकै अवधी अचानक चट्याङ बज्रियो, जसको शिकार भए नैनासिंह। उनीहरू पानीले भजेका थिए अनि भान्साघरमा खाली खुट्टा नै थिए। छेवैमा छिमेकीहरू पनि चिया पिइरहेका थिए तर उनीहरू खाटमा बसेका थिए। यत्तिकैमा चट्याङ बज्रियो। चट्याङले नैनासिंहलाई निक्कैपरसम्म उछिट्याइदियो अनि लीला पनि बिजुलीको झट्‌काले भुइँमा नै मुर्छा परिन्‌। लीलाले आँखा खोल्दा लोग्नेको धुकधुकी पनि थिएन। लीलालाई करेण्ट मात्र लागेन उछिट्याएकोले टाउकोमा चोट पनि लाग्यो। लीलाको घरमा मात्र होइन तिनको छिमेकी घरमा पनि चट्याङले असर गरेको थियो।  राती नै गाउँलेहरूले पीडितहरूलाई कालेबुङ महकुमा अस्पताल ल्याएका थिए। चट्याङले भेटेर अस्पताल भर्ना भएकी छिमेकी दिपा खवासले भनिन्‌, अचानक चट्याङ बज्रिएकोले  बॉंच्ने उपाय रहेन। छिमेकी नैनासिंह खवास त भान्साघरमा नै लडे। तिनकी स्वास्नी पनि पीडित हुन्‌, तर लोग्ने गुमाएपछि अस्वस्थ भएपनि आज घर फर्किइन्‌। तिनका नानीहरू चारजना छन्‌। गर्नुपर्ने सबै लीला खवासले नै भएकोले तिनी फर्केकी हुन्‌। नैनासिंहको शवलाई पोष्टमर्टमपछि परिवारलाई सुम्पिइएको छ भने घाइते अवस्थामा नै रहेकी भएपनि अस्पतालले सुम्पिएको लोग्नेको शव लिएर लीला भने घर फर्किएकी छन्‌।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.