ग्यालछ्योक रिम्पोछेबाट अभिषेक वाङ वितरण,बज्र मुकुटको दर्शन गर्न गोजमुमो अध्यक्ष बिमल गुरुङ लगायत हजारौ भक्तजनहरुको भीड

MUNGPOO,३०अप्रेल,केशर मोक्तान/चन्द्रमान राई : सिक्किम रुम्तेक गुम्बाबाट बज्र मुकुट सहित सिटोङको साङ्गे छ्योलिङ गुम्बामा आइपुगेका बौद्ध धर्म गुरु ग्यालछ्योक रिन्पोछेले हजारौं भक्तजनलाई धार्मिक एवम आध्यात्मिक मूल्यका प्रवचनहरु सुनाउनका साथै अभिषेकको बज्र सत्व वाङ वितरण गरे |  सिटोङ २ को मध्य तुरुक स्थित साङ्गे छ्योलिङ गुम्बामा सम्पन्न धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै गुरु ग्यालछ्योक रिन्पोछेले तिबती भाषामा नै धर्म आध्यात्मिक मूल्यको लामो प्रवचन सुनाएर मानिसहरु भित्रका अन्तरनिहित तत्व ज्ञानलाई बुज्ने प्रयाश गरिए भगवान बुधले प्राप्त गरेको बुद्धत्व ज्ञान सबै मानिसहरुले पनि प्राप्त गर्न सक्ने कुरा बताए | धर्मको श्रवण मनको क्लेश र इर्श्यालाई त्याग्न सके भने अवश्य पनि मोक्ष प्राप्त गर्न सकिन्छ ,सम्पूर्ण मानव जगतको कल्याणको निम्ति भगवान बुधले बुद्धत्व प्राप्त गरेका हुन्  यसकारण हामीले भगवान बुद्धका वाणीहरुलाई आत्मसात गरेर तिनले देखाएको पथलाई अनुसरण गर्नु पर्ने कुरा बताए | धर्म गुरु रिन्पोछेले त्रिकालदर्शी गुरु पद्म सम्भवको ऐतिहसिक तथ्यहरु प्रकाश पर्दै  विगत १४ वा शताब्दी देखि बज्र सत्व ज्ञानका अमुल्य कुराहरु भक्तजनलाई श्रवन गराए | सुन चांदी,हिरा मोती  जडित बज्र मुकुटको तीन पल्ट दर्शन गराउदै रिन्पोछेले हजारौं श्रद्धालु भक्तजनलाई बज्र सत्वका आशिर्वाद दिए |
उल्लेखनिय के छ भने जुन बज्र मुकुट १६वां अवतारी धर्म गुरु (क्रमापाबाट ) ग्यालछ्योक रिन्पोछेले प्राप्त गरेका हुन् भन्ने बताएको छ | जुन मुकुटलाई आफ्नो स्थानबाट निकालिएपछि हातले पक्रिरहन  पर्ने छ ,हातबाट छुट्न गए त्यस मुकुट आकाशमा उडेर गइ कतै विलाएर जानेछ भन्ने धारणा रहीआएको छ | त्यसकारण रिन्पोछेले मुकुटलाई एक हातले समाएर नै भक्तजनलाई दर्शन गराए | त्यस बज्र मुकुटको दर्शन गर्न र ग्यालछ्योक रिन्पोछेको बाहुलीबाट अभिषेक वाङ थाप्न गोजमुमो अध्यक्ष बिमल गुरुङ पनि स्वय: उपस्थित रहेको थियो भने त्यस सम्पूर्ण कार्यक्रमको व्यवस्थापन गोजमुमो केन्द्रिय समितिका संगठनिक सचिव एवम मंग्पू  लाठ पन्चर जोनका संयोजक रतन थापाले गरेका थिए | ग्यालछ्योक रिन्पोछे र बज्र मुकुटको दर्शन गर्न नेपाल,भुटान,सिक्किम,दार्जीलिङ ,कालेबुङ,मिरिक,खरसाङ ,मंग्पू  लगायत अन्य ठाउँबाट हजारौं संख्यामा भक्तजनहरु उपस्थित रहेका थिए |यस गुम्बा निर्माणले गर्दा स्थानीय भक्तजनहरुलाई पनि लाभान्तित रहेको बताउँदै रिन्पोछेले यस गुम्बा संचालन समितिलाई पनि धन्यबाद दिए | यसरी सिटोङ साङ्गे छ्योलिङ गुम्बामा ६ वर्ष सम्म गुफा बसेर भर्खरै निस्केका दुई धर्म गुरु पवल छिरिङ  लामा र निमा वाङदी लामालाई धर्म गुरु ग्यालछ्योक रिन्पोछेले गुम्बा निर्माणको निम्ति ५० हजार रुपियाँ सहोग राशी सम्पूर्ण भक्तजनको अघाडी दिदै आगमी दिनमा यस गुम्बामा बैशाख पुर्णिमा र अन्य दिनहरुमा पनि यसरी नै धार्मिक कार्यक्रमहरु गरिरहने ती दुई लामाहरुलाई सल्लाह दिए |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.