विलुप्त सालक उद्दार
KALIMPONG(कालेबुङ)3 जून,मनोज वोगटी: सालक यसको वास अनि औचित्यबारे परिचर्चा सङ्गोष्टि 1 जूनको दिन दार्जीलिङमा विभिन्न सङ्ग-संस्थाका प्रतिनिधि, शोधकर्ता अनि वन भिगागका अधिकारीहरूको आयोजनामा सम्पन्न भएको थियो। सालकलाई वचाइराख्नुपर्ने विषयमा सङ्गोष्टि भएको दुइ दिन नबित्दै आज इच्छे वस्तीमा देशमै दुर्लभ मानिने प्राणी सालक फेलापरर्यो। विश्वभरिनै विलुप्तप्राय भइसकेको निशाचर प्राणी सालक आज कालेबुङको अप्पर इच्छे पश्चिम शेर्पा गाउँबाट उद्दार गरियो। स्थानीय भूपेन खड्काको घर बारीबाट उक्त सालक विहिवार राती 9 बजेतिर भेटिएको थियो। सालक रातभरि बारीमै रहेपछि उक्त सालकलाई गॉंउवासीले विहान पक्रेर राखे। दुइ फिटसम्म लामो शरीर, एक फीट लामो पुच्छर अनि कठोर खपेटाले नाक, गला र छाती ढाकेको सालक लगभग साड़े तीन किलो जति रहेको थियो। स्थानीय विरेन्द्र छेत्रीले जनाए अनुसार हिजो दार्जीलिङमा भएको सालकमाथिको सङ्गोष्ठीको आधारमा तिनले त्यस प्राणी सालक हुनसक्ने अनुमान लगाएका थिए। पछिबाट वन विभागका अधिकारीहरूले त्यसलाई सालक भनि चिन्हित गरे। यस्तो अचम्मको प्राणी जीवनमा कहिले पनि नदेखिएको बताउँछन् गाउँवासीहरू। इच्छेमा भेटाइएको त्यस सालकलाई कालेबुङ वन भिभागका अधिकारीहरूले आज उद्दार गरेर लाभा वाइल्डलाइफलाई सुम्पिएको थाहा लागेको छ। सालक विलुप्तप्राय बन्दै गरेको स्तनपायी नीरिह प्राणीहरूको सूचिमा पर्दछ। जंगली च्याउ खादा एकै परिवारको चार सदस्यको मृत्यु, चार उपचाराधिन
Post a Comment
We love to hear from you! What's on your mind?