मंग्पूमा प्रेस क्लब गठन

MUNGPOO,6 August: आज मंग्पूका स्थानीय पत्रकार , मंग्पू  च्यानल अनि मंग्पू  न्युज अनलाइन न्युज फ्रम मंग्पू  को संयुक्त सभा बस्यो | सभामा मंग्पूदेखि बाहिर जस्तै दार्जीलिंग, कालेबुंग अनि सिलिगुडीमा अगावै प्रेस क्लब गठन भएता पनि मंग्पूमा हाल सम्म गठन भएको थिएन  र उक्त विषयमा गहन चर्चा भयो | समयानुकुल प्रेस क्लबको अवश्यकतालाई मध्य नजर राखी आजको सभाले " मंग्पू प्रेस क्लब " गठन गर्यो |
सभाको सभापति मंग्पू  च्यानलका तकनिकी निर्देशक आनन्द राईले गरेको थियो भने गठन गरिएको प्रेस क्लबका सभापति डी० के० वाइबा,सचिव केशर मोक्तान, उप सभापति चन्दन खवास, सह सचिव शरण गुरुङ अनि प्रमुख सल्लाहकार आनन्द राई अनि राजेश थापा लगायत अन्यलाई सदश्यको रुपमा चयन गरियो | मंग्पूका संवाददाताहरुले दैनिक रुपमा विभिन्न समाचार पत्रहरुमा समाचार पठाउनको साथ- साथै अब उसो हालैमा निर्मित अनलाइन समाचार सेवा मंग्पू  न्युज अनलाइन न्युज फ्रम मंग्पू  बाट पनि मंग्पूको समाचार  प्रसारण गर्नेछन्  जसको निर्देशकको पदभार राजेश थापालाई सुम्पिएको छ |
गठन भएको प्रेस क्लबले सर्वप्रथम मंग्पूमा   रविन्द्रनाथ ठाकुरको पुण्य तिथि भव्यरुपमा मनाईने कार्यक्रममा उपस्थित उतर बंगाल उन्नयन मन्त्री गौतम देवलाई सम्वर्धना जनाउने निर्णय लिएको छ | भविष्यमा मंग्पू  प्रेस क्लब द्वारा थुप्रै सामाजिक कार्यहरु गर्ने निधो पनि गरेको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.