राजधानी दिल्लीमा क्रामाकपाले उठायो गोर्खाल्याण्डको माग

नया दिल्ली, ११ अगस्त: दार्जिलिङमा सरकारद्वारा त्यहाँको एक राजनैतिक दल गोजमुमोसित मिलेर जी.टी.ए-को सम्झौता गरिएकोछ। सय वर्षभन्दा अघिदेखिको जनताको आकांक्षाको गला दबाएर राज्य सरकार र केन्द्र सरकारले जन-बिरोधी कार्य गरेकोछ र यस कार्यको विरुद्ध, क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी संघर्षको मैदानमा ओर्लीरहेछ। उक्त कुरा गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा महासचिव अरुण घतानीले, अल इन्डिया स्टुडेन्ट असोसिएसन र रिभोल्युसनरी युथ फ्रन्टको संयुक्त आयोजनामा आयोजित ‘भ्रस्टाचार बिरुद्धमा’ सय घन्टे छात्र-युवा मोर्चाबन्धी अभियानलाई सम्बोधन गर्दै बताए। देशमा चलीरहेको भ्रस्टचारमा ठुला राजनैतिक दलसितै क्षेत्रीय तहमा भैरहेका भ्रष्टचारबारे पनि सचेत रहनुपर्ने बताउदै दार्जीलिङमा दागोपाप गठनकालदेखि गोजमुमोको आन्दोलन अवधिसम्मै भएका भ्रष्टचारबारे सभालाई अवगत गराउदै, दार्जीलिङमा जातीय आन्दोलनको नाममा व्यापार चलाउन कतिपय तथाकथित नेताहरूलाई सरकारले खुला छूट दिएको कुरालाई बताउदै उनले हिजोका दिनसम्म सम्पत्ति श्रोत पनि धेरै नभएकाहरू आन्दोलनमा अझ सम्पन्न बन्दै गएको बताए।
घतानीले बताए अबको दिनमा देशभरिका साँचो गणतान्त्रिक तथा जनवादी समुह, राजनैतिक दल र राष्ट्रवादी समुहहरूसित मिलेर क्रमाकपाले अलग राज्य गोर्खाल्याण्डको आन्दोलनलाई नेतृत्व गर्नेछ। कुनै पनि नक्कली राष्ट्रवादीहरूलाई सरकारले प्रयोजन गर्ने वा किन्ने प्रचलन अघिदेखि नै चल्दै आएकोले उपरान्त क्रमाकपाले जनवादी शक्ति तथा श्रेणीबाट सहयोगको अपेक्षा गरेकोछ। उनले भने अलग राज्यको स्थापना मात्र दार्जीलिङका जनताको मूल आकांक्षा हो यसको सरकारले गोर्खा जातिको आत्मनिर्णयको अधिकारलाई अस्विकार मात्र नगरेर अर्कोतिर अगनातान्त्रिक र भ्रष्टचारी शक्तिको कोपभाजनको शिकार जनतालाई बनाईरहेछ जसको हामी जमेर विरोध जनाउदछौं। 
       दार्जिलिङको कानुन व्यवस्था सरकारले जनताको आवाज र गणतान्त्रिक हक-अधिकारलाई दबाउन जानी-बुझी आतंकपूर्ण स्तिथि सिर्जना गरेर न्यायको आवाज दबाउने कुचेष्टामा गोजमुमोलाई सहयोग पुऱ्याइरहेको कुरा बताए। उनले भने-‘जुन दार्जिलिङमा केही काल अघि रातको अन्धकारमा कसैले स्टोभ बिस्फोट गरेको आरोपीलाई केही दिनभित्र नै पक्राउ गर्न सक्यो त्यही प्रसाशनले दिनको उज्यालैमा सैयौ मान्छे र प्रहरीजवानको आँखैमा हत्या गरिएका मदन तामाङको हत्यारा भने एक वर्षमा पनि पक्राउ गर्न सकेन। वास्तवमा सरकार साँचो अपराधी पक्राउ गरेर जनतालाई निर्भय बनाउन चाहदैन बरू जनतालाई अझ असूरक्षित बनाएर आफ्नो इच्छा र स्वार्थ लाद्ने कार्यमा लिप्त छ।
      देशको राजनीतिमा भ्रष्टचार हटाउन सम्पूर्ण जनवादी शक्ति एक भएर लड्नु पर्ने जनाउदै। भ्रष्टचारको लडाईमा क्रमाकपा साथै ग्रकायुमो जनवादी शक्तिको साथमा रहेको छ भन्ने बताए। भने अर्कोतिर कार्यक्रममा उठेको कार्बी-आन्ग्लोङ अटोनोमस स्टेटको मागप्रति क्रमाकपा साथ रहने र उनीहरूले पनि गोर्खा जातिको दीर्घकालीक अलग राज्य गोर्खाल्याण्डको मागलाई सहयोग पुऱ्याउने अपिल गरे।
     कार्यक्रममा देशभरिका १२ क्रान्तिकारी भाइचारा समुहको उपस्थिति रहेको थियो। क्रान्तिकारी मार्क्सवादी कम्युनिस्त पार्टीले आफ्नो पार्टीको पक्षबाट पनि १२ अगस्तको दिन नया दिल्लीको जन्तर-मन्तर परिसरमै आफ्नो सांकेतिक धरना पालन गर्ने भएकोछ।आजको कार्यक्रममा दिनभरी बिभिन्न बामपन्थी समुह र राजनैतिक दलका नेतृत्वहरूले सम्भोधन गरेको कार्यक्रममा देशभरिका बिभिन्न प्रान्तबाट आएका जनवादी संस्कृतिक कलाकारहरूले क्रान्तिकारी गित गाएर जन्तर-मन्तरको धरना परिसरमा उपस्थित हजारौं छात्र-युवा समुहले रातो झन्डा नचाएर भ्रष्टचार बिरोधी सत्तासिन साथै विपक्षी राजनैतिक दलको धज्जी उडाइरहेका थिए।

(क्रामाकपा पब्लिकेसन सेल-को पक्षमा मिलन छेत्रीबाट प्रशारित)
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.