हिमालय दर्पणमा मृगौला रोगी लिला बहादुर गुरुङलाई सहयोग गर्ने समाचार आएपछि संघ संस्थाहरु आघि बढ्न थाले


MUNGPOO(मंग्पू) २० अगस्त, केशर मोक्तान : मानिस जन्म लिएपछि 
विभिन्न रोग- कष्ट, विघ्न–वाधाहरुको सामना गर्नु पर्छ| वायु प्रदुषण, जल प्रदुषण, ध्वानी प्रदुषण नाना प्रकारका रासायनिक मल द्वारा उत्पादन गरिएको खाद्य पदार्थ एवम जंगल –पर्यावरणको अन्धा- धुन्द विनाशको कारण विभिन्न भयानक रोगहरु दैनोदिन बढिरहेका छन् | यसै सन्दर्भमा मंग्पू विभाग,मंग्पूबासी लिला बहादुर गुरुङ दुइटै मृगौला संक्रामक भएर बिरामी परेको छ| गुरुङ स्वयं विवाहित, दुई स-साना छोरीहरु,स्वास्नी लगायत वृद- वृदा आमा- बाबा संग आफ्नो इच्छाहरुलाई बन्दकी राख्दै जीवन- मरण संग जुझ्दै अझ धेरै बाँचेर दुई  छोरीको पालन पोषण – शिक्षा- दीक्षा दिने प्रबल इच्छाहरु पोखेको बताउछन् | परिवारको भरपर्दो व्यक्ति स्वयं रोगको शिकार भएपछि रोगी लिला बहादुर गुरुङ तथा गुरुङ परिवारको अपील छ यो मानव समाजमा | यो दुखलाई सम्पूर्ण मंग्पूबासीले आफ्नो दुख सम्झेर रोगीलाई उपचार गर्न हेतु “ जीवन कल्याण समिति,मंग्पू विभाग, मंग्पू गठन भएको छ | यसै समितिको भगीरथ प्रयाशमा अर्थ संग्रह गर्ने क्रम द्रुत गतिमा हुदैछ | समितिको संयोजक समीर राईको कुशल नेतृत्वमा मंग्पू विभाग, रेशेप विभाग,लाब्दा विभाग, रन्जु भेली विभाग, रंग्बी विभाग, लाब्दा बस्ती,रेशेप बजार,सम्पूर्ण विभागका अधिकारीवर्ग,कर्मचारी,विभिन्न सरकारी साथै गैर सरकारी विध्यालयका शिक्षकबर्ग -विध्यार्थी,नाली डाँडा व्यापारी संगठन,रेशेप बजार मर्चेन्ट एशोशियशन,भुतपुर्व सैनिक तथा विभिन्न सं-संस्थाहरुले कर्म नै धर्म सम्झी जीवन कल्याण समिति मार्फत अर्थ संग्रहमा सहयोग गरे | जसको फलस्वरूप एक लाख साठी हजार रुपियाँ संग्रह भएको छ | फलत: रोगी अहिले उपचाराधीन छन् | यसै प्रसंगमा – धन मात्र कमाउन होइन तर समाजको हरेक विषयलाई प्रचार- प्रसार गरि विशेष नेपाली/ गोर्खा समाजलाई उन्नतितिर दोहोराउँदै समाजको दुख कष्टमा सामेल भई रोगी लिला बहादुर गुरुङको विषयगत घटना तथा मर्मलाई समस्त पाठकवर्ग सम्म पुराउने नेपाली/गोर्खा दैनिक समाचार पत्र “ हिमालय दर्पण” प्रशंसनीय रहेको छ | पत्रिकाको सहयोगले बिरामीको निम्ति आजभोली दार्जीलिंग – कालेबुंग – खरसाङ –सिक्किमका विभिन्न सरकारी –गैर सरकारी विधालयका शिक्षक- शिक्षिका – विध्यार्थीवर्गबाट अर्थ संग्रह संग संगै आत्मियता पनि प्राप्त भैरहेको जानकारी समिति सदश्य बुद्ध कुमार थापा बताउँछन् | यसै बिरामीको निम्ति जीवन कल्याण समितिका सम्पूर्ण सदश्यहरुले तथा परिवारले अझ पनि विभिन्न स्थानहरुसंग सम्पर्क स्थापित गरिरहेका छन् | परिवारमा आइपरेको बज्रपातलाई आफ्नो सम्झी विभिन्न स्थानहरुबाट बिशेष मंग्पू बाहिरबाट पनि बिरामी गुरुंगको बासस्थानमा उपस्थित भई आर्थिक सहयोग प्रदान साथै सान्तवना – मनोबल दिने कार्य साच्चै जारी नै छ | केही दिन अघि कालेबुंगबासी सहयोगीहरुको साक्षात उपस्थितिले अझ बिरामी अनि परिवार तथा जन कल्याण समितिले मनोबल प्राप्त गरेका छन् | समितिको कोषाध्यक्ष फिरोज थापा एवम लेखापरीक्षक उदय थुलुंगको अडिट अनुसार समितिको संग्रहित राशी समाप्त भई सकेको समिति अनि परिवारलाई जानकारी भैसकेको छ भने अहिले घडी पुन: समितिले मंग्पू बाहिरबाट आर्थिक सहयोग प्राप्त गरिरहेको छ भन्ने जानकारी छ साथै समिति तथा परिवारको सर सल्लाह अनुसार बिरामी लिला बहादुर गुरुङको नाममा स्टेट ब्यांकको खाता खोलिएको छ | कतिपय सहयोगीहरु खातामा पनि जम्मा गरिरहेछन | हप्तामा दुई पल्ट सम्म जांचको निम्ति सिलिगुडी लान पर्ने हुनाले अझ पनि बिरामीलाई सहयोग गर्न चाहने शुभेच्छकहरुले यो नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ – (97758 21022/ 98326 55700) भनि समिति अपील गर्दछ | अन्तमा जीवन कल्याण समितिले आजपर्यन्त दुई जना रोगीलाई नयाँ जीवन दिने कोशिश गरेको छ | यस कार्यको निम्ति बिशेष रबिन गुरुङ, अजय राई अमिर गुरुङ, अशित थापा, भोज बहादुर गुरुङले सम्पूर्ण मंग्पू –लाठ पन्चर समष्टिबासी एवम मंग्पू बाहिरको सहयोगीहरु प्रति हार्दिक कृतज्ञता टक्राएको  छ | यहाँहरुको न्यानो माया,शुभ आशिर्वाद अनि आर्थिक सहयोगले रोगीको अझ बाच्ने रहरहरुलाई प्रबल पारेको जानकारी एक विज्ञप्ति मार्फत बुद्ध कुमार थापाले जनाएको छ |    
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.