कालेबुङ ९ सितम्बर्/डी के वाइबा
जीएलओ प्रमुख छत्रे सुब्बाको मुक्ती पछी दाजीलिङ पहाडको राजनैतिक पार्टीका नेताहरुले खुशी प्रकट गरेको छ । दार्जीलिङ पहाडको राजनैतिक दल क्रामाकपा पार्टीका अध्यक्ष आर बी राईले आज आफ्नो पार्टीको पक्षबाट प्रतिकृया गर्दै क्रामाकपाको भातृ सँगठन ग्रक्रायुमो र ग्रक्रानायुमोले छत्रे सुब्बाको मुक्तिको निम्ती अघीबाटै बन्दीमुक्ती कमेटीसँग मिलेर आन्दोलन गर्दै थियो र यो उनीहरुको एउटा ठुलो जीत हो भने ।सुब्बाको मुक्ती गणतन्त्र र मानवअधिकारको निम्ती लड्नेहरुको निम्ती ठुलो जीत रहेको पनि राईले दाबी गरे । छ्त्रे सुब्बाको मुक्तीले गोर्खाल्यण्ड आन्दोलनकारीहरुलाई सधै दबाएर राख्न सकिन्दैन भन्ने उदाहरण रहेको पनि राइले थपे । सोही क्रममा क्रामाक्पाकै महासचिव तारामणी राईले सुब्बालाई जेलमा राखेर बंगालले छोरी कुटेर बुहारी तर्साउने कार्य गरेको आरोप लगाए । अर्कोतिरा माक्पा पार्तीका नेता तारा सुन्दास्ले छत्रे सुब्बालाई पहाडी नेल्सण मण्डेलाको सङ्या दिए । नेल्सण मन्डेलाले देष मुक्तिको लागी २६ वर्स जेल बसेको बताउदै सुबाले ११ वर्स जेल बसेर राज्य प्रप्तीको निम्ती महटिभीअपुना कार्य गर्न सक्ने बताए । यसै क्रममा गोजामुमो पर्टिको पक्षबाट पनि महकुमा समितिका प्रचार प्रसार सचिव कुमार चाम्लिङ्ले सुब्बाको मुक्तिमा हर्स व्यक्त गरे । उन्को मुक्तिले गोर्खाल्यण्ड्को आन्दोलन्मा थप उर्जा प्रदान हुने पनि तीनले बताए ।
Post a Comment
We love to hear from you! What's on your mind?