एकातिर छ्त्रे सुब्बाको मुक्ती अर्कोतिर छोरालाई बन्द
कालेबुङ ९ सितम्बर:डी के वाइबा : जीएलओ प्रमुख छ्त्रे सुब्बाको आज जलपाईगडी अदालतबाट मुक्ती भयो भने अर्कोतिर उनकै छोरा सन्तोष सुब्बाको भने जमानत याचिका खारेज भयो ।सन्तोष सुब्बालाई गत २६ जुलाईमा कालेबुङमा एनबीएसटीसी बसमा भएको स्टोभ बम बिस्फोट काण्डमा संलग्न रहेको आरोपमा गत ३० जुलाईमा पक्राउ गरेको थियो । उनलाई आज पुन: कालेबुङ अदालतमा उभ्याइयो । उनको जमानत याचिकालाई खारेज गरी आगमी २३ सितम्बर सम्मको निम्ती संसोधन गृह्मा पठाइयो । स्मरण रहोस उक्त बिस्फोट काण्डको जिम्मेवार युएलए नामक भुमीगत संगठनले लिएको छ । सुबालाई उक्त संगठनसंग साँठ गाँठ रहेको आरोपमा पक्राउ गरेको हो ।
09Sep2011
Post a Comment