डीके वाइबा/कालेबुङ, 11 सितम्बर।
कालेबुङको रामकृष्ण रह्गमञ्चमा सम्पन्न जनमुक्ति कर्मचारी सङ्गठनको वार्षिक सम्मेलनलाई सम्बोधन गर्दै गोजमुमो केन्द्रिय समिति सदस्य अनि स्टडी फोरमका सदस्य पी.अर्जुनले गोर्खाल्याण्ड आन्दोलनलाई जीटीएमा ल्याएर विश्राम दिनु एक राजनैतिक बाध्यता हो भन्ने कुरा स्वीकारे। तिनले भने, गोर्खाल्याण्ड आन्दोलनलाई लक्ष्यसम्म पुर्याउन वर्तमान राजनैतिक परिवेश अनुकूल छैन। राज्य र केन्द्र मात्र होइन स्थानीय राजनैतिक शक्तिहरू पनि गोर्खाल्याण्ड प्राप्तीको मार्गमा बाधा बनिरहेको छ। 11 पल्टको त्रिपक्षीय वार्ताबाट पनि ठोस निर्णय ननिस्कँदा गोर्खाल्याण्ड आन्दोलनलाई वैज्ञानिक स्वरूप दिनको निम्ति हामीले जीटीएमा हस्ताक्षर गरेका हौं। तिनले केन्द्रमा आएको गठबन्धनको सरकार र राज्यका कुनै पनि दल, चाहे त्यो तृणमूल होस वा माकपा,भाजपा होस् वा कंग्रेस बङ्गाल विभाजनको पक्षमा नरहेको बताउँदै अझ भने, यद्धपि जीटीए मोर्चाको जानिबुझि गरिएको राजनैतिक रणकौशल हो। जीटीएबाटै हामी पहाडमा भइरहेको विश्रृङ्खलतालाई नियन्त्रण गर्दै एक सफल राज्य सञ्चालन शक्तिको उदाहरण केन्द्र र राज्यसम्म पुर्याउन चहान्छौं। गोर्खाल्याण्ड शब्दलाई एक जाति विशेषको बन्धनमा राख्नु नहुने बताउँदै तिनले भने,गोर्खाल्याण्ड शब्दले सम्पूर्ण तराई-डुवर्स र पहाडको भौगोलिक मानचित्र अनि यसभित्र पर्ने भोटे लाप्चे नेपाली र आदिवासी समुदायलाई एक सूत्रमा बॉंधेको छ। कुनै पनि व्यवस्थाले गोर्खाल्याण्ड प्राप्तिको लक्ष्यलाई रोक्न सक्दैन, यो आज नभएर भोलि आवश्य आफ्नो लक्ष्यमा पुग्नेछ भन्ने विश्वास पनि तिनले व्यक्त गरे। तिनले घरि घरि राष्ट्रिय राजनीति गोर्खाल्याण्ड प्राप्तिको निम्ति प्रतिकूल छ भने पनि उत्तरभारतमा भर्खरै गठन भएको झारखण्ड र उत्तरखण्ड राज्य निर्माणको निम्ति यस्तो राजनैतिक प्रतिकूलता किन अघि आएन यसको खुलासा भने उनले गरेनन्। गोजमुमो प्रवक्ता तथा विधायक डा.हर्कबहादुर छेत्रीले डुवर्स अन्तर्भुक्ति अघि नै जीटीएको चुनाउ हुने भनेर दिएको टिप्पणीलाई उनको नीजि राय हो भन्दै अध्यक्ष गुरूङले दिएको आश्वासनलाई नै गोजमुमो प्रेमी जनताले सत्य मान्नु पर्ने पनि तिनले बताए। तिनले गोर्खाल्याण्डको आन्दोलनलाई राष्ट्र विरोेधी बनाउनमा क्षेत्रीय राजनैतिक दलहरूसितै राष्ट्रिय राजनैतिक दलहरूले भ्रान्तिपूर्ण तथ्यहरू केन्द्रमा राखिरहेकोले जीटीए थापिएको कुरा खोले। तिनले भने, हामी विचलित होइन दुखित छौैं। जीटीए नै गोर्खाल्याण्डको आधारशीला हो। जीटीएपछि पनि गोर्खाल्याण्डको भावना गोर्खाल्याण्ड प्रेमी जनताको मनमा मर्नेछैन।
जीटीए राजनैतिक बाध्यता हो-पी.अर्जुन
12Sep2011
Post a Comment