रबर बोर्ड अफ् इंडियाका(Rubber Board Of India visit Mungpoo ) अधिकारी द्वारा मंग्पू रबर खेतीको भ्रमण
मंग्पू /११ सेप्टेम्बर/केशर मोक्तान : मंग्पू अनि रोंगोमा सिन्कोना विभागबाट लगाइएको रबर खेतीले भारतमा उच्च स्थान ओगटेपछि रबर बोर्ड अफ् इन्डियाले नर्थ बंगालमा रबर खेती वृहत रुपमा बिस्तार गर्ने जानकारी पाइसकेको छ | हालैमा मंग्पू सिन्कोंना बगान व्यवस्थापक सी० बी० थापाको साथमा रबर बोर्ड अफ् इन्डियाका जोइन्ट कमिश्नरले सिन्कोना बगान भित्र लगाइएको रबर खेतीको परिभ्रमण गरे | हाल सम्म रोंगो अनि मंग्पूमा लगाइएको रबर खेतीलाई रबर बोर्ड अफ् इन्डियाले तकनिकी सहयोगहरु दिदै आइरहेको जान्नमा आएको छ | रबर बोर्डका अधिकारीले दक्षिण भारतको केरला राज्यमा लगाएको रबर र यस सिन्कोना बगानमा उत्पादन गरिएको रबर उच्च स्तरीय र एकै प्रकारको रहेकोले नै यहाँको रबर खेती हेर्नको निम्ति मंग्पू आइपुगेको बताए | उनले भविष्यमा यहाँ अझ बृहत रुपमा रबरको खेती लगाए स्थानीय बासिन्दाहरुको जीविका आर्जन सजिलै सित हुने जनाए | अर्कोतिर सिन्कोना बगान निर्देशकले सिन्कोना र एपिकेक खेतीको तुलनामा रबर खेती सहज र उपयुक्त खेती रहेको बताए | सिन्कोनामा रबरको खेती बृहत रुपमा भैरहेकोले र यहाँ रबर उच्च स्तरीय मानिएकोले दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेबर युनियन ले पनि यसको छुट्टै बजेट हुनपर्छ र रबर खेतीलाई स्थायी मान्यता दिनु पर्छ भनि सरकार संग माँग गरेका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?