मंग्पू डाकघर जलाउने धम्की सहित पोस्टरिङ

मंग्पू/२२ सेप्टेम्बर : मंग्पूको डाक घर जलाउने धम्कीपूर्ण पोस्टर हिज राती अज्ञात व्यक्ति द्वारा डाकघर अघि गरिएको जानकारी यसै डाकघरका पोस्टमास्टर ज्योति शंकरले दिएको छ | ती अज्ञात ब्याक्तिले एन० आर० जी० एस० सयदिने रोजगार योजनाको तलब नपाएकोमा अनि मजदुर पेन्सन ढिलाई भएकोमा डाकघरका कर्मचारी माथि विभिन्न प्रकारको दोष लगाउदै आगमी ६ दिसम्बर २०११ को दिन जलाउने धम्कीपूर्ण पोस्टरिङ गरेको छ | ती पोस्टरिङको आधारमा आज मंग्पू  डाकघरका पोस्ट मास्टरले मंग्पू  पुलिस पोस्टमा एक प्राथमिकी पनि दर्ता गरेको छ | ती अज्ञात ब्याक्तिले धेरै समय अघि देखि नै यस्तो प्रकारले पोस्टरिङ डाकघर अघि गर्दै आइरहेको डाकघर कर्मचारीले बताएका छन् | त्यति मात्र नभएर केही दिन अघि डाकघर अघि राखेको पोस्ट बक्स पनि ती सामाजिक कुतत्वहरुले भतकाएर सडकमा फ्याकेको डाकघरका कर्मचारीले बताएका छन् | 
अर्कोतिर यस मंग्पू डाकघरमा सही समयमा मजदुरको पेन्सन नपाएकोमा पनि अवकाशप्राप्त  मजदुरहरुले आरोप लागएको छ भने यस विषयमा पोस्टमास्टरसित जान्न चाहदा उक्त पेन्सन इ० पी० एफ० सेक्सनबाट नै ढिलो आएको कारण समयमा वितरण गर्न नसकेको कुरो उनले बताए | यस डाकघरमा सरकारी तौरमा एकपल्टमा ५०,००० रुपियाँ देखि १ लाख रुपियाँ मात्र आउने भएको कारण नै सबैलाई एकै चोटी वितरण गर्न नसक्ने कुरो पोस्ट मास्टरले बताए | मंग्पू  डाकघरको सम्पूर्ण कागज पत्र लोहपुल डाक घर जो सिलिगुडीको क्षेत्रफल पर्ने हुनाले अनि सिलिगुडीको डाक एकाउन्टमा यहाँको मोठ रकम आउने भएकोले यसलाई दार्जीलिंगको डाक घर एकाउन्टमा परिणत गरेर पठाउन सके मात्र यस मंग्पू डाक घरको काम काज छिटो हुने डाकघर अधिकारीले बताए |  
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.