३१ ए हाइवेबाट ड्रग्स ओसार्नेहरुको ताला लगाउने

हाइवे/२४ सेप्टेम्बर/केशर मोक्तान : अहिले सिक्किम लगायत दार्जीलिंगमा ड्रग्स सेवन गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गैरहेको छ भने अब यसको रोकथाममा मोर्चा हाइवे ब्लक कमिटि अघि आउने भएको छ | राष्ट्रिय राजमार्ग ३१ ए मा पनि नशालु पदार्थ सेवन गर्ने र ओसार्ने गिरोहको संख्या धेरै बढेको थाहा लागेको छ | यस्ता नशालु पदार्थ सेवन गर्ने युवा युवतीको संख्या बढेको बढेकै छ जसले समाजमा व्यापक असर पर्न गएको देखिन्छ | हाइवेमा ड्रग्स अनि डेन्डराईट जस्ता नशालु पदार्थ बेच - विखन गर्ने पसल भेटेमा मोर्चा हाइवे ब्लक कमिटि युवा मोर्चा, नारी मोर्चा र पुलिस प्रशासनको सहयोगमा कडा कारवाही गर्ने भएको जानकारी मोर्चा हाइवे ब्लक कमिटिका सागर लामाले बताएका छन् | पुलिस प्रशासनको सहयोगमा यस्ता पदार्थहरु ओसार्ने यान- वहानहरुलाई पनि मोर्चा कार्यकर्ताहरुले छापा मर्ने भएको छ | यदि अचानक छापा मर्दा कुनै पनि वहान यस्ता नशालु पदार्थ ओसार्दै गरेको भेटिए त्यस वहानलाई पुलिस समक्ष सुम्पिएर उक्त गाडीलाई हाइवेमा गुड्न समेत नदिने चेतवानी सागर लामाले दिएका छन् | हाइवे मार्फत कालेबुंग अनि छिमेकी राज्य सिक्किम तर्फ एकदमै ज्यादा मात्रामा नशालु पदार्थहरु भित्रिएर  हाम्रा युवा भाइ - बहिनीहरुले यसलाई सेवन गरि हाम्रो समाजलाई प्रतिदिन बिगार्दै लगेको कारण नै हाइवेमा यस प्रकारको छापा मर्ने जानकारी पाइएको छ | 
गोजमुमो हाइवे ब्लक कमिटिका सागर लामाले ३१ ए हाइवेको कुनै पनि पसलमा नशालु पदार्थहरु नाबेचिदिने सम्पूर्ण हाइवे पसलेहरुलाई आह्वान गरेको छ | त्यति मात्र नभएर हाइवेमा चालकवर्गले पनि नशालु पदार्थ सेवन गर्ने भएकोले नै ज्यादातर हाइवेमा गाडी दुर्घटना भएको जान्नमा आएको छ |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.