कालेबुङ दुर्बीन गुम्बा पनि क्षतीग्रस्त

कालेबुङ २२ सितम्बर/डी के वाइबा : आईतबार आएको भुँइचालोले धार्मीक पर्यटक केन्द्र दुर्बीन गुम्बालाई पनि क्षतीग्रस्त पारिदिएको छ । १३ मई १९५७ मा स्थापित भएको उक्त गुम्बा कालेबुङमा धार्मीक पर्यटन क्षेत्रको रुपमा प्रसिद्ध रहेको छ भने हाल केहीदिन अघी आएको भुँइचालोले यसको अधिकांश भागलाई चरकाएर क्षती पुराएको छ । भुँइचालोको कारण गुम्बामा राखिएको गुरु पद्म सम्भवको मुर्ती ढलेर क्षतिग्रस्त बनेको छ। गुम्बा क्षतीग्रस्त भएको कारण हाल लामाहरुलाई पठन पाठनको निम्ती पनि जोखिमपूर्ण बनेको छ। भुँइचालोले गुम्बाको तल्लो भाग अनि दोस्रो तल्लामा निकै क्षती पुराएको छ। गुम्बाको बिभिन्न भागहरुमा क्षती भएको कारण लगभग एक करोड रुपीया भन्दा पनि ज्यादाको नोक्सान भएको गुम्बा कर्तिपक्षले जानकारी दिएको छ । गुम्बाको अवस्था निकै खतराजनक् रहेको कारण हाल स्थानीय दुर्बीन सेना छाउनीको सेनाहरुलाई तैनाथ पनि गरिएको छ। गुम्बामा अनेकन मुल्यवान बस्तुहरु रहेको कारण पनि उक्त स्थानमा पहरा दिइएको बिशेष सुत्र मार्फत जनकारी पाइएको छ। यदी कुनै कारणवस केही भए गुम्बाको मुल्यवान सामग्रीहरुको क्षती तथा हराउन समेत सक्ने सम्भावना रहेको कारण पनि सेना तैनाथ गरीएको थाह लागेको छ ।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.