कालेबुङमा भुँइचालोले ८३ करोड १४ लाख रुपीयाँ भन्दा अधिक सम्पतीहरुको क्षती


कालेबुङ २३ सितम्बर : डी के वाइबा;

कालेबुङमा आईतबार आएको बिनासकारी भुँइचालोले ८३ करोड १४ लाख रुपीयाँ भन्दा अधिक सम्पतीहरुको नोक्सान गरीदिएको आज कालेबुङका डिपुटी मेजिस्ट्रेट डी. भोटीयाले आधिकारिक पुष्टी गरे । तीनले कालेबुङ महकुमा अन्तर्गत पर्ने तीनैवटा खण्डहरुमा भुँइचालोले क्षती गरेको बताउँदै सम्पुर्ण मह्कुमा भित्रमा आजसम्म ४ जना मनीसहरुको अनि ८ वटा पशुहरुको ज्यान गएको रिपोर्ट महकुमा कार्यालयमा जमा भएको बताए । कालेबुङ क्षेत्र भरिमा मोट २ हजार २ सय २७ घरहरु पुर्णरुपले क्षती भएको अनि ५ हजार ५ सय ७१ घरहरु आंशिक क्षती भएको जानकारी पनि दिए ।
आइतबार आएको बिनाशकारी भुँइचालोले महकुमा क्षेत्रभरी क्षती गरेको करणा आजसम्मा १७ वटा राहत शिविरहरुमा मानिसरुलाई राखिएको छ । पिडीत परीवारहरुलाई हाल राहत सामग्रीहरु वितरण कार्य पनि जारी राखिएको छ ।भुँ इचालोको कारणा महकुमा क्षत्र भरिमा ३२ हजार परीवार प्रभावित बन्न पुगेको छ । यद्यपी उक्त बिस्थपीत परीवारहरु संख्यामा बडोत्तरी हुने सम्भावना व्यक्त गरिएको छ । हाल बिभिन्न ग्राम पंचायतहरुले क्षतीग्रस्त स्थानहरुको निरिक्षण कार्य जारी राखेको पनि डिपुटी मेजिस्ट्रट भोटीयाले जानकारीदिएका छन ।

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.