छ्त्रेको मुक्तिमा गोजमुमोको हात छ - बिमल गुरुङ

कालेबुङ २३ सितम्बर : डी के वाइबा

भुँइचालोले कालेबुङको बिभिन्न इलाकाहरुमा पुराएको क्षतीबारे जायजा लिन बुधबार २४ नम्बर समष्टी पुगेका गोजमुमो प्रमुख बिमल गुरुङले राज्याका मुख्य मन्त्री ममता ब्यानर्जी प्रति असन्तुष्ट जनाएका छन्। तिनले आज पत्रकारहरु संग कुराकनी गर्दै ममता ब्यानर्जीले दर्जीलिङको ५ मिनट भ्रमण गरेर भुँइचालोले पुराएको क्षतीबारे थाह नलाग्ने बताए। एकातिर सिक्किम राज्य पुगेर सान्तवाना दिन सक्ने मुख्य मन्त्री ले आफ्नै राज्य दार्जीलिङ पहाडका मनिसहरु कति बिपदमा परेका छन् भन्ने कुराको पनि क्षेत्रको घुमेर जायजा लिनुपर्ने गुरुङले बताए। दार्जीलिङ पहाडका जनता उनकै छोराछोरी रहेको बताउँदै गुरुङले छोरा छोरीलाई बिपदमा हेर्नु उनको कर्तब्य रहेको थप बताए। तिनले पत्रकारहरुले सोधेको प्रश्न जवाब दिंदै जीटीए गठन प्रकृयामा ढिलो भइरहेको जनाए। यसै क्रममा तिनले नगरपालीका चुनाव बाहेक जीटीएको चुनाव र पंचायतको चुनाव भने जीटीएको गठन भएर मात्रै हुने थप बताए।

अर्कोतिर पत्रकारहरुको प्रश्नको जवाब दिंदै गुरुङले जीएलओ प्रमुख छत्रे सुब्बाको मुक्तिको निम्ति गोजामुमोले पहल गरेकै कारण मुक्त भएको दाबी गरे। " हामीले छत्रे सुब्बाको मुक्तिको निम्ति राज्यका मुख्य मन्त्री संग बसेर फेस टु फेस बसेर कुराकनि गरेक हौं । सुब्बा राजनैतिक षड्यन्त्रको कारण पक्रा परेको हुनाले राजनैतिक दबाव दिएर मुक्ति गर्नमा सघाव पुराएका हौं" - गुरुङले भने। तिनले क्रामाकपा पार्टी प्रति प्रहार गर्दै कसैले गरेको कार्यमा श्रेय लिन नतम्सिनु भन्दै जस पाउँने ढेडु हुन नखोज्नु भनि बताए। अर्को तिर आफुले छत्रेको परिवार समेतलाई भेटेर उनको मुक्तिको निम्ति पहल् गरिदिने अगावै बचन दिएको अनि त्यसैको अनुरुप गोजामुमोले कार्य गरेर सुब्बालाई मुक्त गरिदिएको समेत गुरुङ्ले बताए ।

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.