कालेबुङ १६ सितम्बर ; डी के वाइबा:-गोर्खाल्याण्ड टेरोटोरियल एडमिनिस्ट्रेसन (जीटीए) निमार्णको पूर्वाधारहरु पूर्णरुपले पुरा नभए सम्म दार्जीलिङ पहाडमा कुनै पनि चुनाव गर्नु नहुने पिपल्स फोरमले माग गरेको छ । आज फोरमका सचिव प्रविण गुरुङले उक्त माग गर्दै जीटीएको सिमाङ्कन हुन अगावै मोर्चा नेताहरु हतारिएको आरोप लगाए । गोजमुमो अध्यक्ष बिमल गुरुङले दार्जीलिङ पहाडमा नगरपालिका चुनाव र पञ्चायत चुनाव
गर्ने सङ्केत दिएकोमा फोरमका सचिव प्रविण गुरुङले आफ्नो प्रतिक्रिया व्यक्त गर्दै यो जनतालाई ढाँट्ने खेल हो भने । जीटीएको चुनाव गराउँनु मोर्चालाई हतार भएकै कारण पञ्चायत र नगरपालिका चुनावको बहना मोर्चाले बनाएको पनि तिनले आरोप लगाए । तिनले जबसम्म जीटीएको सिमाङ्कन पूर्ण हुँदैन तबसम्म कुनै पनि चुनाव हुनुहुँदैन भने । तराई सिलगडी, डुवर्सको जमीन जीटीएमा पर्ने सम्भावना नरहेको देखेर नेताहरु आत्तिएको पनि तिनले आरोप लगाए । यदि जीटीएमा गाभिन्छ भने त्यो इलाकामा पञ्चायत वा नगरपालीका चुनाव हुँदैन भनि तिनले प्रश्न तेर्साए । अर्कोतिर मोर्चा जनताप्रति इमान्दार नरहेको आरोप लगाउँदै आज प्रस्तावित गोर्खाल्याण्डको भूभाग जीटीएमा गाभिनु पर्छ भनेर सरकारप्रति दबाव किन बनाउँदैन भनि तिनले थप प्रश्न गरे । मोर्चा अध्यक्ष गुरुङले आफ्नो बचन कहिल्यै पुरा नगरेको आरोप लगाउँदै सिलगडीको गाँधी मैदानमा ३ लाख जनता थुपारेर सिलगडी हाम्रो भनेर आज किन जीटीएमा छैन भनि प्रवीण गुरुङले भने । पहाडका मानिसहरु बिजुलीको बिल तिर्ने कुरामा अझै अनभिज्ञ रहेको बताउँदै अगष्ट देखि तिर्नु भनेर सरकारी सूचना जारी नहुँदा पनि मोर्चा नेताहरु चुप बसेको पनि गुरुङले आरोप लगाए । तिनले मोर्चा नेताहरु प्रति आरोप लगाउँदै अझ भने अस्थायी कर्मचारीहरुको जीटीएमा कुनै कुरा उल्लेख छैन तर पनि किन झूटो आश्वासमा जनतालाई भुलाएर राखेको भन्दै जनता पनि सचेत बन्नुपर्ने तिनले आह्वान गरे ।
Post a Comment
We love to hear from you! What's on your mind?