कालेबुङमा बन्दूकको आडमा शिक्षार्जन गर्न आउने भूटानका विद्यार्थीहरुबाट पैसा लुट्न खोज्ने युवक पक्राउ

कालेबुङ/15सेप्टेम्बर/प्रदीप लोहागुण:- बन्दूकको आडमा कालेबुङमा शिक्षार्जन गर्न आउने भूटानका विद्यार्थीहरुबाट पैसा लुट्न खोज्ने स्थानीय एक युवकलाई कालेबुङ पुलिसले आफ्नो कब्जामा लिएको छ। कालेबुङको ठाकुरबाडी निवासी राहुल त्रिखत्रीलाई एउटा देशी कट्टा अनि दुइवटा जीवित कार्तुससहित पुलिसले निजी निवासबाट बुधबार अबेर राती पक्राउ गरेको थियो। घटनाबारे कालेबुङ थानाबाट पाइएको जानकारीअनुसार पिडीत युवकले घटनाबारे थानालाई सूचित गरेपछि पुलिसले युवकलाई पक्राउ गरेको हो। पिडीत युवकले आफ्नो परिचय नखुलाउने शर्तमा दिएको जानकारीअनुसार उक्त आरोपी युवकले धेरै दिनदेखि कालेबुङमा शिक्षार्जन गरिरहेका भुटानी युवकहरुमाथि धेरै दिनदेखि नजर राखेको थियो। आरोपी युवकले बुधबार अपरान्हमा भुटानी विद्यार्थीहरुमध्येका एकजनालाई देशी कट्टा देखाएर कुनै एक धनाढ्य विद्यार्थीसँग भेटाइ दिने धम्की दिएको थियो। पिडीत युवकले भुटानी विद्यार्थीलाई चिनाइ दिने बहानामा केही परसम्म लिएर गएपछि युवक आरोपीको चङ्गुलबाट उम्कन सफल भएको थियो। यसबीच आरोपीसम्मको केहीबेरको कुराकानीको अवधीमा पिडीत युवलले उक्त केटाको मोबाइलमा फोटो पनि खिँच्न सक्षम भएको थियो। युवकको चङ्गुलबाट फुत्किए पछि युवकले सोझै कालेबुङ थानामा घटनाबारे सुचित गरेको थियो।पिडीत युवकको मोबाइलबाट खिँचिएको फोटोको आधारमा पुलिसले राहुललाई पक्राउ गरेको हो। आरोपी युवकले अन्य भुटानी विद्यार्थीहरुबाट पनि डराइ धम्काई मोबाइल, ल्यापटप अनि अन्य सरसामानहरु लैजाने गरेको घटना पनि उजागार भएको छ। आज आरोपी युवकलाई कालेबुङ अदालतमा पेश गरि 7 दिनको पुलिस रिमाण्डमा राखिएको छ। आपराधिक पृष्ठभूमि भएको यस युवकबिरुद्ध पुलिसले आपराधिक मामिला अनि आर्म्स एक्टअन्तर्गत मुद्दा दर्ता गरेको छ।
Read latest post filed under regional news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.