जीटीएमा कालेबुङको ट्राफीक समस्या समाधान गर्न मोर्चा तयार


डी के वाइबा; कालेबुङ: 24 सितम्बर।
कालेबुङ शहरको परिदर्शन गर्न शनिबार कालेबुङ आइपुगेका गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले नोभेल्टी परिसरमा मल्टी कम्पलेक्स बनाइने घोषणा गरेका छन्।नोभेल्टी परिसरमा अचानक निरिकक्षण गर्न पुगेका गुरुङले जीटीएको गठन पछी यहाँको ट्राफीक व्यवास्था पनि सुधार गरीदिने बताए २१ सितम्बरको दिन नै २४ नम्बर समष्टी पुगेका गुरुङ भुइँचालो प्रभावित क्षेत्रहरूको निरीक्षण गर्दै आज कालेबुङ शहर आइपुगेका थिए। यसै बेला गुरुङले उक्त घोषणा गरेका हुन कालेबुङमा ट्राफिक व्यवस्थालाई व्य्वस्थित गर्न मोर्चाले दिल्लीबाट आर्किटेक्ट झिकाएर कालेबुङमा घुमाइसकेको छ। त्यसैबेला मोर्चाले जीटीएको पहिलो विकास कार्यको सूचीमा कालेबुङको ट्राफिकलाई अघिल्लो पंक्तिमा राखेको थियो। आज पुन कालेबुङमा ट्रफीक व्यवस्थामा सुधार गरिदिनुको साथै उक्त क्षेत्रमा कमप्लेक्स बनाइदिने गुरूङले जनाए यसैको फलस्वरूप नोभेल्टी परिसरमा रहेका अवैद्ध घरहरूलाई हटाउन नगर प्रशासनले नोटिश समेत दिइसकेको छ। गुरुङले आफ्नो भ्रमण्को अवधी उक्त क्षेत्रको अवेद्य भवन हटाउनुपर्ने अप्रत्यक्ष रुपले बताए महकुमा प्रशासन अनुसार नोभेल्टी परिसर अनि अन्य ठाउँहरूमा नयॉं मोटरस्ट्याण्डहरू निर्माण गरी नयॉं परियोजनाहरू लागु गरिने छ। तर केही असुविधाहरूको कारण कार्यान्वयन हुन सकेको छैन। महकुमा अधिकारी अनुसार समस्या नोभेल्टी परिसरमा किन भने यहॉं पुर्खौंदेखि बसाइएका घरहरू छन् यता कालेबुङमा पार्किङको समस्या सबैभन्दा ठूलो समस्या रहेको छ। यो समस्या समाधान गर्न जीटीए मार्फत कालेबुङको ट्राफिक प्रवन्धनलाई नै विकासको सूचीमा पहिलो प्राथमिकता दिएको छ। आर्किटेक्ट अनि नगरप्रसासनले पार्किङको समस्या समाधान गर्न सबैभन्दा उचित ठाउँ नोभेल्टी परिसरलाई नै देखेको छ। यही क्षेत्र अहिले प्रसासनको आँखामा परेको यता बिकाशको केन्द्रबिन्दु बनेको नोभेल्टी परिसरमा पहिल्यैबाट बसो बास गर्दै आएका मानिसहरुलाई भने कता स्थानतरन गर्ने हुन भन्ने बिसयमा भने नगर प्रशासन मौन रहेको अर्कोतिर आज गुरुङले पनि उक्त बिषयमा भने केहि बोलेनन ।केही महिना अघि नयॉं मोटर स्ट्याण्डको प्रवेशद्वारमा रहेको एक शिक्षकको घर जङ्गबीर सापकोटाको सालिग स्थापित गर्नको निम्ति हटाइएको थियो भने अब अन्य घरहरूको पालो आएको छ। किन भने यहॉं रहेका लगभग 35 वटा परिवारलाई घर हटाउने नोटिश प्रशासनले दिइसकेको छ। प्रशासन पक्षबाट कुनै सरसल्लाहा नगरी यसरी नोटिस पठाएकोमा गाउँलेहरु रुष्ठ बनेका छन गाउँलेहरू रुष्ट बनिरहेको बेला नै कुरा मिलाउन आज गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङ त्यहॉं पुगेका थिए। 24 नम्बर समष्टिबाट भुइँचालो क्षेत्रको भ्रमण गरी मोर्चा अध्यक्ष कालेबुङ आइपुगका थिए। समस्याको मुख्य जड बनेको कालेबुङको ट्रफीक व्यवास्था जीटीए अन्तर्गत सुल्झाउन महकुमा अधिकारी, चालक महासङ्घ अनि महकुमा समितिका पदाधिकारीहरूसँग नोभेल्टी परिसरमा पुगेर स्थानीय बासिन्दाहरूलाई घर हटाइने अनि त्यसको साटो अन्य व्यवस्थापन गरिदिने गुरूङले आश्वासन दिए। बिमल गुरूङले स्थानीय मानिसहरूसित कुराकानी गर्दै कालेबुङको हीतको निम्ति घर हटाइनु अनिवार्य रहेको अनि उनीहरूलाई उचित व्यवस्थापन गरेर मात्र घर हटाइने बताएका छन् तर क्षेत्रका बासिन्दाहरु भने पुनर्वासको कुरा निश्चित होला के भन्ने प्रश्नले चिन्तित बनेका छन यता नगर प्रशासनले भने क्षेत्रवावीलाई आगमी २१ दिन भित्र उक्त जगा खाली गर्ने नोटीस दिए पनि समस्याको समाधन गर्न नगर प्रशासन क्षेत्रका मानीसहरु बैठक गर्नु नभए आफुसँग बैठक गर्न आउनु भनी गुरुङले थप जनाएका छन
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.