जीटीए संवैधानिक नभएकै कारण राम्रो भएको छ गोर्खाल्याण्डको आन्दोलन अघि बडाउन – भवानी प्रधान


कालेबुंग १५ अक्टोबर : डी के वाइबा ।

जीटिएले भारतभरि छरिएर बसेका गोर्खाहरुका अस्तित्व बोक्न नसकेता पनि यो छुट्टै राज्य गोर्खाल्याणड प्राप्तिको निम्ति एउटा माइल खुट्टी रहेको गोजमुमो सिक्किम शाखाका अध्यक्ष भवानी प्रधानले दाबी गरेका छन् । कालेबुंगमा भुँइचालो पिडीतहरुलाई त्राण सामग्री दिन आइपुगेका प्रधानले उक्त दाबी गरेका हुन्। गत १८ सितम्बरमा आएको बिनासकारी भुँइचालोको ताणडवमा परेर बिचल्निमा परेका परिवारहरुलाई आज उनीहरु कालेबुंग आइपुगेका थिए। गोजमुमो सिक्किम शाखाध्यक्ष भवानी प्रधानले प्रतिनिधी गरेको टोलीमा उपाध्यक्ष दिपेन्द्र देवान,सह सचिव बिमल प्रधान, नारी मोर्चा सल्लाहकार लतिका गुरुङ रहेका थिए। टोलीले उक्त राहत सामग्री बुधबारेका भुँइचालो पिडीतहरुलाई बितरण गरेर आफुहरु संधै दार्जीलिङको साथमा रहेको बताए। कुनै पनि आपदमा ने सिक्किम र दार्जीलिङको नङ र मासुको सम्बन्ध रहिरहने बताउँदै यदि यताका कोहि सिक्किममा भुँइचालोको कारण बेपत्ता बनेका छन् भने आफुहरु सहयोग गर्न तयार रहेको पनि प्रधानले दाबी गरे। यसै अवसरमा तिनले पत्रकारहरुसंग कुराकानी गर्दै जीटीएको जय जयकार गर्न पनि चुकेनन्। तिनले जीटीएले सम्पुर्ण भारतभरी छरिएर बसेका गोर्खाहरुको हस्तित्व बोक्न नसक्ने स्वीकार गर्दै यो छुट्टै राज्य प्राप्तीको निम्ति माइल खुट्टी रहेको पनि बताए । यद्यपी दागोपापमा जस्तो कार्य भने हुन नहुने पनि तिनले जनाए। जीटीएले दार्जीलिङको बिकाशमा महत्वपूर्ण कार्य गर्ने भएता पनि यसैमा भुलिएर छुट्टै राज्यको मागलाई भने बिर्सन नहुने पनि जनाए। सिक्किमका गोर्खाहरुले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई समर्थन गरेर आन्दोलनलाई टेवा पुर्याउने कार्य गरिरहेको समय अनि सिक्किमका मुख्य मन्त्रीले गोर्खाल्याण्डको बिल बिधानसभामा पारित गरेको समय यता जीटीएमा समझौता हुँदा केही दुखी भएता पनि वास्तवमा यो मोर्चा प्रमुखले राम्रै कार्य गरेका हुन् भन्न पनि तिनी चुकेनन् । मोर्चाले हालमा जीटीएनै थापे पनि तराई डुवर्सका भु भाग भने यसमा गाभिनु पर्ने पनि सिक्किम गोजमुमो शाखाको अडान रहेको पनि भवानी प्रधानले स्पष्ट पारे। अर्कोतिर एउटा प्रश्नको जवाब दिंदै तिनले जीटीए संवैधानिक ग्यारेण्टी नभएकै कारण यो लाभकारी भएको पनि दाबी गरे। यदि कसैले छैटौं अनुसुची र जीटीएको तुलना गरेर संवैधानिक मान्यता भएको छैटौं अनुसुची राम्रो भन्छन् भने त्यो गलत हुने दाबी गर्दै जीटीए संवैधानिक नभएकै कारण छुट्टै राज्य गोर्खाल्याण्डको बाटो खुल्ला रहेको पनि तिनले बताए। यदि आज छैटौं अनुसूची भएको भए छुट्टै राज्यको माग पनि संधैलाई बन्द हुनेथियो भन्दै जीटीएमा छुट्टै राज्य माग्ने प्रशस्त बाटो रहेको पनि प्रधानले बताए।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.