भुइँचालोले चर्किएको साततले भवन यथाशिघ्र तोडिनु पर्ने माग गर्दै कालेबुङमा चक्काजाम शुरु

21अक्टोबर,(कालेबुङ)प्रदीप लोहगुन :- गत 18 सेप्टेम्बरको भुइँचालोले गम्भीर रुपले चर्किएको एउटा साततले भवन यथाशिघ्र तोडिनु पर्ने माग गर्दै कालेबुङको साढे दस माइल क्षेत्रका जनताले चक्काजाम गरेर प्रशासनमाथि दवाउ बनाउन शुरु गरेका छन्। भुइँचालोको कारण आधार नै गम्भीर रुपले चर्केको यो भवन कुनै पनि समय धराशयी भएर व्यापक ज्यान-मालको निक्सान गर्न सक्ने स्थानीयहरुको भनाई छ। महकुमा अधिकारीले उक्त भवन भत्काउन सरकारी आदेश जारी गरि सकेको भए पनि भवनका मालिकले इञ्जिनियरहरुबाट सर्वेक्षण गराएर  बिल्डिङ सुरक्षित अवस्थामा रहेको बयान दिएपछि स्थानीय वासिन्दाहरुमा असंतोष बढेको छ। क्षेत्रका मानिसहरुले यो बिल्डिङ अबिलम्ब भत्काउन प्रशासनिक कार्वाहीको माग गर्दै बिहीबार एक घण्टा  सडक अवरोध गरेका थिए। कालेबुङ नगरपालिकाद्वारा अनुमोदित बिल्डिङ प्लानमा यो भवन तीन तला मात्र निर्माण गरिने भनिए पनि अहिले भवन सात तला बनाइएकोमा पनि मानिसहरुको आपत्ती छ। यता, यही भवनको गल्ली भएर एउटा नर्सरी स्कूलमा आवागमन गर्नु पर्ने भएकोले अभिभावकहरुले पनि असुरक्षित अनुभव गर्न थालेका छ्न्। यस मुद्दामाथि प्रशासनको ध्यान आकर्षण गराउन स्थानीयहरुले दुइ घण्टाको चक्काजाम गर्ने घोषणा गरेको भए पनि पुलिसको आश्वासन पछि एक घण्टामा नै कार्यक्रम फिर्ता लिएको थियो। एक घण्टाको चक्का जामको कार्यक्रमले पनि बिहीबार कालेबुङ शहरको ट्राफिक प्रणाली निकै प्रभावित भएको देखियो।
अर्कोतिर, विवादित भवनको नजिकका निवासी सामुएल राईले प्रशासले कठोर पदक्षेप ग्रहण गरेर स्थानीयहरुको सुरक्षा सुनिश्चित गर्नुइ पर्ने माग गरेका छन्। 

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.