कालेबुङतिर आइरहेको एम्बुलेंस रम्बी थाना नजिक रियाङमा दूर्घटनाग्रस्त -एक मृत्यु चार घाइत

21अक्टोबर,कालेबुङबाट प्रदीप लोहागुणको रिपोर्ट:- रोगी लिएर कालेबुङतिर आइरहेको सिलगडीको एउटा नर्सिङ होमको एम्बुलेंस रम्बी थानानजिक रियाङमा दूर्घटनाग्रस्त हुँदा एक जनाको ज्यान गएको छ भने चार घाइते भएका छन्। राष्ट्रीय राजमार्ग 31एमा आज बिहान लगभग साढे तीन बजीतिर भएको यस दूर्घटनामा मर्ने व्यक्ति 67 बर्षीय राम बहादुर राई कालेबुङको 5 माइल पोस्योर बस्तीका वासिन्दा रहेको थाहा लागेको छ भने घाइतेहरुमा मृतकका छोरा एडवर्ड राई, छोरी अल्बिना राई अनि छिमेकीहरु कमल गुरुङ र टाशी भुटिया छ्न। पुलिसबाट प्राप्त जानकारीअनुसार सिलगडीको आनन्दलोकमा उपचाराधीन रहेका राम बहादुर राईलाई उपरांत उपचारको निम्ति यस नर्सिङ होमले अन्यत्र रेफर गरेपछि रोगीको परिवारले उनलाई सोही नर्सिङ होमको एम्बुलेंसमा कालेबुङ ल्याइ रहेको थियो। कालेबुङतिर आईरहेको अवस्थामा रम्बीबजिक राजमार्गमा तीव्र गतिमा बिपरित दिशाबाट आइरहेको एउटा ठूलो वाहनलाई देखेर चालकले नियञ्त्रण हराउँदा यो दूर्घटना भएको थियो। बोलेरो वाहनले राजमार्ग छोडेर रियाङ खोलामा झर्दा वाहनमा सवार यात्रीहरुमध्ये बिमारी अवस्थाका राम बहादुर राईलाई टाउकोमा गम्भीर चोट लागेको थियो। पुलिस र स्थानीयहरुको सहयोगमा घाइतेहरुलाई रम्बी प्राथमिक स्वस्थ्य केन्द्रमा पुर्‍याइए पछि डाक्टरले राईलाई मृत घोषित गरे। अन्य घाइतेहरुलाई प्राथमिक उपचारपछि अन्यत्र रेफर गरिको छ। रम्बी पुलिसले दूर्घटनाग्रस्त वाहनका चालक निताई दासलाई आफ्नो हिरासतमा लिएर आज कालेबुङ कोर्टमा पेश गरेको थियो भने शवको पोष्टमार्टमको निम्ति कालेबुङ महकुमा अस्पतालमा ल्याइएको छ।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.