विपक्षी पार्टीका नेताहरुले जताभावी टिप्पणी गर्नु भन्दा पहिला आफैलाई विधायकको हैसियतमा कति काम गरे भनेर सोध्न आउनु -डा० हर्क बहादुर छेत्री

कालेबुंग/डी० के० वाइबा : कालेबुंगका विधायक डा० हर्क बहादुर छेत्रीले केही काम गरेको छैन भन्ने विपक्षी पार्टीका नेताहरुले जताभावी टिप्पणी गर्नु भन्दा पहिला आफैलाई विधायकको हैसियतमा कति काम गरे भनेर सोध्नु भनि सुझाउ दिएका छन् | बंगालका मुख्य मन्त्री ममता ब्यनार्जीले दार्जीलिंगमा विकाशका प्याकेजहरु घोषणा गरे तर कालेबुंगमा केही गरेन भनेर प्रतिक्रिया गर्ने विपक्षी पार्टिका नेताहरुको आलोचना गर्दै ममता ब्यनार्जीले दार्जीलिंग पहाडको निम्ति विकाशका प्याकेजहरु घोषणा गरेका हुन्  कुनै सिंगो महकुमाको निम्ति मात्र होइन भनि स्पस्टिकरण दिए | ब्यनार्जीले दार्जीलिंगमा विकाशको प्याकेज घोषणा गर्दा डा० हर्क बहादुर छेत्री बजेट बोकेर गएको माकपा नेता तारा सुन्दासलाई जनताले भोट दिएर पठाएका नेता होइनन् | जनप्रतिनिधि म हुँ त्यसैले मैले कति काम गरे भनेर विधायकको हैसियतमा सोध्न सोझै आउनु भनि सुझाउ दिए | पहिले आफूबाट जानकारी लिएपछि मात्र काम गरेको छैन भने टिप्पणी गर्नु भनि बताउँदै डा० छेत्रीले यसरी जथाभावी बयान दिंदा जनतामा भ्रम सृजना हुने पनि तिनले बताए | डा० छेत्रीले यसरी कालेबुंगमा कार्य भैरहेको पनि स्पस्टिकरण दिए | अहिले विकाशको मुद्दा सेकेन्डरी भएको अनि भुइँचालो पिडितहरुलाई त्राण दिने भने प्राथमिक भएको बताउँदै काम गरेन भन्ने आरोप लगाउनु भन्दा पहिला क्रस चेक गर्नु भनि सुझाउ दिएका छन् |
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.