उत्तर बङ्गाल बिकाश मन्त्रीको बाचा पुरा भएन मुख्य मन्त्रीको बाचा पुरा होला ?


कालेबुङ १६ अक्टोबर : डी के वाइबा ।

दार्जीलिङ पहाडमा अहिलेघरी बंगालका मन्त्रीहरुको आगमन भइरहेको छ अनि आश्वासनका पोकाहरु थमाईरहेका छन्। आश्वासनका पोकाहरु कति पुरा हुने हुन् त्यो सबै भविष्यको गर्भमा नै लुकेको छ। बिभिन्न बिभागका मन्त्रीहरुले दिएका आश्वासनहरु कतिसम्म पुरा हुने हुन् अनि आश्वासनबाट पहाडका मानिसहरु कति लाभान्वित हुने हुन् त्यो अहिलेनै किटान गर्न नसकेता पनि उत्तर बंगाल बिकाश मन्त्रीले दिएको आश्वासन भने पुरा भएन। उत्तर बंगाल बिकाश मन्त्री उत्तर बंगाल बिकाश मन्त्री गौतमले गत ८ अगष्टको दिन मङ्पू रवीन्द्र भवनमा आयोजित ८२ औं पुण्यतिथि कार्यक्रममा रवीन्द्र संग्राहालयमा बोल्दै रवीन्द्र भवनमा ७ दिन भित्र रात्री चौकिदार अनि बिजुली बत्तीको जडान गरिदिने घोषणा गरेका थिए । कार्यक्रममा उपस्थित मानिसहरुलाई विश्वस्त पार्दै मन्त्री देवले उक्त घोषणा गरेको भएता पनि आजसम्म उक्त बाचा पुरा भएको छैन। विश्व कवि रवीन्द्रनाथको सम्झनामा रहेका अमुल्य सामग्रीहरुको संरक्षणको निम्ति पनि आवश्यक पहल गर्ने घोषणा गरेको आज २ महिना १ हप्ता बितिसक्दा पनि मन्त्री देवले दिएको बाचा पुरा हुन सकेको छैन जसको कारण अहिले तिनको बाचा जनतालाई मख्ख पार्ने भाषण मात्र रहेको प्रमाणीत भएको छ । कार्यक्रममा उपस्थित जनताहरुबाट वाह ! वाह !! बटुलेका मन्त्रीले के जनतालाई मख्ख पार्न आश्वासनका पोका मात्र थमाएका हुन् भन्ने अहिले मानिसहरुले प्रश्न गरिरहेका छन् । रवीन्द्र भवनमा ७ दिनभित्रै बिजुली बत्ती जडान गर्ने अनि रात चौकिदार नियुक्ति समेत गर्ने समय सिमा तोक्ने मन्त्री गौतम देवले के कति कार्य व्यवहारिक रुपमा गरे भन्ने कुरा अहिले अँध्यारोमा रहेको रविन्द्र भवन हेरेर भन्न सकिएता पनि मन्त्रीहरुका आश्वासनका पोका भने जनाताले अझै थापिरहेका छन् जुन आश्वासनहरु कहिले पुरा हुने हुन् भन्न निकै गाह्रै छ। मन्त्री गौतम देवबाट आश्वासनका पोका थापेका रवीनद्र भवनले गत ११ अक्टोबरको दिन बंगालका मुख्य मन्त्री ममता ब्यानर्जीबाट पनि अर्को आश्वासनको पोका थापेको छ जुन आश्वासन पनि पुरा हुन्छ हुँदैन भन्ने कुरा भविष्यलेनै बताउँनेछ। मुख्यमन्त्री ममता ब्यनर्जीले ५ मिनटको निम्ति रवीन्द्र भवन घुमेर भानुभक्तको नाममा नेपाली अकादमी स्थापना गर्ने घोषणा गरेका छन् तर उक्त घोषणा पनि कतै घोषणामानै सिमित नबन्ला भनेर अहिलेनै भन्न सकिन्दैन । आश्वासनका एक गुच्छा उपाहार दार्जीलिङ पहाडलाई दिएर कोलकता फर्किएका मुख्य मन्त्रीले आफ्नो बाचा कहिले पुरा गर्ने हुन् दिन दिनै बेहाल बन्दै गईरहेको रवीन्द्र भवनले पर्खिएर बसेको छ । यति मात्र होइन आजसम्म कुनै पनि बिभागमा आधिकरीक रुपले हस्तान्तरण नभएको उक्त भवनको हेर चाह सुचना एंव सामस्कृतिक बिभागले अब उसो गर्ने भनेर घोषणा पनि तिनले गरेका छन् । उक्त घोषणा पनि आधिकारीक पत्र सम्बन्धित बिभागमा आएपछिनै पुरा भयो भएन भनेर पत्तो लाग्नेछ। तर मन्त्री गौतम देवको घोषणा आजसम्म पुरा नभएको कारण भने मुख्य मन्त्रीको घोषणा पनि पुरा होला के भन्ने शंका उठ्नु भने स्वाभविक नै हो।

Read latest post filed under political news, regional news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.