सडीएको खाना राख्ने दोकानको नगरपालीकाले गर्यो कार्वाही


कालेबुङ १७ अक्टोबर : डी के वाइबा

अहिले पहाडमा होटल एंव रेस्टुरेन्ट व्यवसाहीहरुको चाँदी कटै चलिरहेको छ। आन्दोलन पछि शान्त बनेको पहाडमा दैनिक पर्याटकहरुको आगमानमा दिनो दिन बृद्धी भइरहेको कारण होटल व्यवसाहिहरुको पनि राम्रो कमाई भईरहेको छ। पर्याटकहरुको आगमनमा राम्रो कमाई गरिरहेका शहरका होटलहरुमा पाक्ने खद्यन्न भने कति स्वास्थ्यको निम्ति लाभदायक छ भन्ने कुरामा भने खाना खाने मानिसहरुलाई समेत निधो गर्ने फुर्सद छैन । जस्को राम्रो फइदा व्यापारीहरुले उठाईरहेका छन् । पर्याटकहरुको आगमन अनि पुजाको राम्रो व्यवसाय चलिरहेका समयमा आफ्ना खाना पकाउने किचनहरुको कति साफ सफाई गरिरहेका छन् व्यापारीहरुले त्यो सहजै भन्न नसकिएता पनि आज नगरपालीकाले छापा मारेको एउटा होटलमा भने सडीएको खद्यन्नहरु मात्र फेला पारे। जसको कारण तत्काल व्यपार लाईसेन्स जफ्त गरेर दोकान बन्द गर्नु पर्यो नगरपालीका कर्मचारिवर्गले। कालेबुङ नगरपालीकाका स्वास्थ्य निरिक्षक संजय प्रधानको नेतृत्वमा रहेको टोलीले आज यहाँको मेनरोड स्थित होटल मौर्यमा छापा मार्दा खाना पकाउने किचनमा सडीएका खद्यन्नहरु मात्र फेला पारे। बाहिरबाट हेर्दा सान्दार देखिने होटलमा यति सडीएका खानाहरु राखिन्छन् भनेर कसैले सोंच्न समेत नसक्ने उक्त होटलमा कुहिएका खानाहरु फेला पारेपछि तत्काल व्यापार लाईसेन्स जफ्त गर्दै होटल बन्द गर्ने निर्देश प्रधानले दिए। तिनले पत्रकारहरुसंग कुराकानी गर्दै उक्त होटलको व्यापार लाईसेन्स जफ्त गरेको अनि नगरपालीका नियम अनुरुप कर्वाही गर्ने पनि गराए। अर्कोतिर यस सम्बन्धमा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै होटलका मालीक हिरालाल गुप्तले हाल दोकानमा काम गर्ने मानिसहरुको कमी रहेको कारण दोकान सफा गर्न नभ्याएको बताए। आफ्नो दोकान बनिने कार्य भइरहेको कारण साफसफाई क्रमबद्ध भईरहेको बताउँदै ति सडीएका खाद्यन्नहरु भने फ्याँक्न राखेको पनि तिनले बताए । यस सम्बन्धमा स्वास्थ्य निरिक्षक प्रधानले यदी दोकान निर्माण कार्य भईरहेको छ भने दोकानमा सडीएका खानाहरु राखेर किन ब्यापर गरिरहेको भनेर प्रश्न गर्दा दोकानका मालीक हीरालाल गुप्त केही बोल्न सकेनन् । अर्कोतिर लाईसेन्स निरिक्षक साहिर अहमदले व्यपार लाईसेन्स जफ्त गर्दै जबसम्म दोकानको निर्माण कार्य पुरा हुँदैन तबसम्म ब्यापार गर्न नपाउँने बताउदै यदि व्यापार गरिएको भेट्टइए दोकान संधैको निम्ति बन्द गरेर कानुनी कार्वाही गर्ने चेतावनी पनि दिए।

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.