कालेबुङ शहरमा पेयजलको समस्या यथावत

13 अक्टोबर/कालेबुङबाट प्रदीप  लोहागुणको रिपोर्ट:- बिगत दुइ सप्ताहदेखि कालेबुङ शहरवासीहरुले भोग्नु परिरहेको पेयजलको समस्या आजसम्म पनि यथावत रहेको छ। गत 18 सेप्टेम्बरको भुइँचालोले नेउरा खोलास्थित स्रोतबाट ल्याइएका पानीको पाइपलाइनहरु ठाँउ ठाँउमा नष्ट पारेपछि शहरमा पेयजलको समस्या उत्पन्न भएको हो। कालेबुङमा गम्भीर जलसंकट उत्पन्न भएको कारण आम मानिसहरुले त समस्या भोग्नु परेको छ नै तर यसले यहाँको पर्यटन व्यवसायमा पनि प्रतिकूल असर पार्न थालेको छ।मूल स्रोतबाट नै पानीको आपूर्ति ठप्प हुदाँ पीएचई विभाग पनि लाचार देखिएको छ। यता, पिउने पानीको गम्भीर संकट झेलिरहेका उपभोक्ता र सामाजिक संगठनहरुले विभागमाथि दवाउ बनाउन शुरु गरेको छ। पेयजलको संकटको निराकरण गर्न सम्बन्धित विभाग, नगर प्रशासन र क्षेत्रिय विधायकबीच लगातार बैठक भइरहेको भए पनि अहिलेसम्म कुनै कारागर उपाय अवलम्बन गरिएको छैन। यसबीच, कालेबुङ नगरपालिकाले शहरका केही क्षेत्रहरुमा वाहनबाट पानी बितरण गर्ने कार्य शुरु गरेको छ। मूल स्रोतदेखि डेलोस्थित जलाशयसम्म ल्याइएका पाइपलाइनहरु मरम्मती कार्य पूरा गर्न अझै लगभग बीस दिन लाग्ने विभागीय सूत्रले बताएको छ, यद्यपि, क्षेत्रिय विधायक डा हर्क बहादुर छेत्रीले एक सप्ताहभित्र शहरमा पानीको सर्वराह सुचारु गरिने दाबी गरेका छ्न।
कालेबुङ शहरका केही क्षेत्रहरुमा रहेका धाराहरुले केही मात्रामा भए पनि पिउने पानी खाँचो  टार्ने काम गरि रहेको  छ। तर, आवश्यकताअनुसार पानीको उपभोग गर्ने नपाएका शहरवासीहरुले विभागप्रति आफ्नो क्षोभ प्रकट गर्न शुरु गरेका छ्न। चाडबाडको बेला पानी किनेर उपभोग गर्नु परेको कारण आफ्नो आर्थिक अवस्थासमेत प्रभावित बनेको जनसाधारणको भनाई छ। कालेबुङवासीहरुले यसपालीको बडा दशै पनि पानीको हाहाकारमा नै बिताउनु परेको थियो। दशैंको बेलामा स साना नानीहरु पनि भुल्डुङ बोकेर पानीको धारा खोज्दै हिडेको दृश्य साधारण भएको थियो। अर्कोतिर, कालेबुङमा पर्यटनको सिजन शुरु भएकै  बेला पानीको समस्या उत्पन्न भए पछि यस व्यवसायसँग जडित मानिसहरुमा चिंता बढेको छ। विशेष गरी पानीको सर्वराह ठप्प हुँदा होटल व्यवसायीहरुलाई धेर नोक्सान भएको छ। होटलमा पानी उपलब्ध नहुदाँ पर्यटकहरु अन्यत्र लाग्न थालेको होटल व्यवसयीहरुको भनाई छ।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.