डा हर्कबहादुर छेत्रीको बयान प्रति बिच्किए बिपक्षका नेताहरु

कालेबुङ १६ अक्टोबर : डी के वाइबा।गोजमुमो नेता एंव कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले बिपक्षी पार्टीका नेताहरुले कुनै पनि टिप्पणी गर्न अघि म जनप्रतिनिधी हूँ मलाई सोध्नु भनेको २४ घण्टा बित्न नपाई बिपक्षी पार्टीका नेताहरुले कडा प्रतिक्रिया जनाइका छन्। माकपा पर्टीका नेता तारा सुन्दासले डा छेत्रीको उक्त बयान प्ति प्रतिक्रिया गर्दै मन्त्रीहरु कालेबुङ आउँदा केही नबोलेको आरोप लगाउँदै आफुहरुले गरिब जनताको पक्षमा आवाज उठाउँदा के बिधायकलाई सोद्नु भनि प्रश्न गरे। कालेबुङको रेगुलेटेड मर्केट मरकेटिङ रेगुलेसन एक्ट अनुरुप बनिएको तर उक्त मार्केटमा यहाँका कृषकहरुले ब्यापर गर्न नपाएको पनि तिनले बताए। कोलकतामा यस्को टेण्डर हुने गरेको कारण यहाँका कृषकहरुले फाइदा उठाउँन नसकेको बताउँदै यसको निम्ति बिधायकले आजसम्म के पहल गरे भनि सुन्दासले प्रश्न गरे। कृषकहरुको उत्पादनबाट १ प्रतिसत सरकारले उठएको ट्याक्सले आजसम्म बस्तिहरुलाई बजारसित जोड्ने कतिवटा लिंक रोड तिमीले बनाउँन सक्यौ भन्ने प्रश्न गर्दे बिधायको धाक देखएर मात्र नहुने पनि तिनले जनाए। बिधायक छेत्रीले यदि आफुलाई जनप्रतिनिधी हूँ भनेर धाक लगाउँछन् भने कृषकहरुलाई लाभकारी कति योजनाहरु पारित गरेर काम गर्न सक्यौ भनि सुन्दासले थप प्रश्न गरे। यदि काम गरको धाक लगाउँछौ भने बिगत दिनमा कालेबुङ रेगुलेटतड मार्केटबाट बिनाकारण निकालेका ९ जना कर्मचारीहरुलाई काममा लगाएर देखाऊ भन्दै चुनौति पनि तिनले दिए। आफुहरुले ति गरिब जनताका पक्षमा आवाज उठाउँनु पनि के बिधायक छेत्रीलाई नै सोध्नु पर्ने भन्दै सुनदासले आफ्नो आक्रोश पोखे। अर्कोतिर तिनले गोजमुमो प्रमुख बिमल गुरुङको प्रशंसा गर्दै बिमल गुरुङले पैदल हिडेर दुर्गम क्षेत्रहरुका मानिसहरुको दुखेसो बुझ्न सकेको अनि यसको निम्ति आफु लाल सलाम गर्ने पनि तिनले बताए। तर यता बिधायक भने गाउँ र बस्तीका मानिसहरुको दुखेसो बुझ्न जानुको साटो दिल्ली र कोलकता बजेटको निम्ति धाउँदा ठिक्क रहेको पनि तिनले आरोप लगाए। अर्कोतिर डा छेत्रीको बयान प्रति अभाजोली नेता प्रताप खातीले पनि प्रतिक्रिया ब्यक्त गर्दै जनताको पक्षमा काम गर्न भोट जितेर बिधायक हुनपर्छ भन्ने डा छेत्रीको धारणा नितान्त भुल धारणा रहेको बताए। डा छेत्रीले बिकाशको प्याकेज ममता ब्यानर्जीले सम्पूर्ण दार्जीलिङ जिल्लाको निम्ति गरेका हुन् भनेर जनतामा भ्रम सृजना गरेको अनि मुख्य मन्त्रीले कालेबुङलाई नितान्त अवहेलना गरेको पनि आरोप लगाए। डा छेत्रीले आफ्नो कुर्सी बचाउँने कार्य गरिरहेको आरोप लगाउँदै बिधायकको दायित्व पुरा गर्नु पर्ने सुझाव दिए। अर्कोतिर तिनले अन्ना हजारे र मदर टेरेजाको उदाहरण दिंदै तिनीहरु भोट जितेका जनप्रतिनिधी होइनन् अनि जनताको काम गर्न भोट जित्नु पर्छ भन्ने गलत धारणा हो भने। डा छेत्रीले पहिला भोटाङका शरणार्थीहरुको पक्षमा आवाज उठाउँदा भोट जितेका नेता थिएनन् तर आज किन यस्तो भ्रमपूर्ण बयान दिंदैछन् भनि प्रश्न गरे।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.