मंग्पू "वार्षिक दिवाली खेलकूद समारोह" पहिलो दिन सम्पन्न (Mungpoo Annual Diwali Sports Meets-2011)

 मंग्पू २९ अक्टोबर /केशर मोक्तान: अंग्रेजको शासनकाल देखि शुरु गरिएको प्रत्येक वर्ष भाई टिकाको भोलिपल्ट हुने दुई दिवशीय वार्षिक खेलकूद समारोह मंग्पू  खेलकूद संघको तत्वधानमा भव्यताको साथ सम्पन्न भयो | अंग्रेजकालमा "तमाशा" नामले शुरु गरिएको मंग्पू  वार्षिक दिवाली खेलकूद यस क्षेत्रको निम्ति ऐतिहासिक समारोह बनेर गएको छ |
आज मंग्पू  सिन्कोना बगान व्यवस्थापक सी० बी० थापाको अध्यक्षतामा सम्पन्न भएको वार्षिक दिवाली समारोहमा प्रमुख अतिथि सिन्कोना बगान निर्देशक डा० जी० सी० सुब्बाको बाहुलीबाट संघको झण्डा उत्तोलन एवम मसाल जलन गरि खेलको शुभ आरम्भ गरियो | बिशोर छेत्री अनि सुरेन्द्र थिंगले संचालन गरेको समारोहमा समिति मूल सचिव राम पोख्रेलले स्वागत संभाषण राखे |
आज प्रथम दिनको अन्तर विभागीय खेलमा ५३ अंक लिएर रेशेप विभाग प्रथम, २८ अंक लिएर मंग्पू  विभाग दोश्रो, १९ अंक लिएर लाब्दा तेश्रो अनि ६ अंक लिएर रम्बी- बीच कमान  विभाग चौथो स्थानमा रह्यो | विजय प्रतियोगीहरुलाई समारोह बिशिस्ट अतिथि मोर्चा मंग्पू  लाट पन्चर जोन संयोजक रतन थापा, प्रमुख अतिथि डा० जी० सी० सुब्बा, सभाध्यक्ष सी० बी० थापा, सह व्यवस्थापक, जे सादा र बिदुर कार्की अनि कालेबुंगबाट मोर्चा केन्द्रिय समिति सदश्य देशभक्त सुबाको बाहुलीबाट पारितोषिक वितरण गरियो | यस्तै गरि केटाहरु माझ सम्पन्न खुल्ला म्यरथान दौड प्रतियोगितामा हाजुंग भोटिया ( गुम बोइस हाई स्कूल ) प्रथम , प्रेम दोर्जे (२० माइल पेदोंग) दोश्रो अनि सरोज तामांग ( जिन्ग्लाम ) ले तेश्रो स्थान ओगट्न  सफल बने | आज मंग्पू  वरिपरीका विधालयका छात्र - छात्राहरुले खुबै रोचक ढंगमा मार्च पास्ट पप्रदर्शन गरे भने परेडको सलामी सिन्कोना बगान निर्देशक एव समारोहका प्रमुख अतिथि डा० जी० सी० सुब्बाले लिएका थिए | कालेबुंग एस० यु० एम० आई० का विध्यार्थीले मैदानमा विभिन्न नेपाली धुनमा ब्याण्ड डिस्प्ले गरेर सम्पूर्ण दर्शकहरुलाई मन्त्र मुक्ध पारे | समारोहलाई सम्बोधन गर्दै बगान निर्देशक डा० जी० सी० सुब्बाले यस वार्षिक खेलकुदले यहाँको खेलाडीहरुलाई  प्रोत्सहान मिलेको बताए | बगान व्यवस्थापक एवम सभाध्यक्ष सी० बी० थापाले मंग्पू  यस ऐतिहासिक खेलकूद शरद ऋतुको दिनमा हुने हुनाले साच्चै रमणीय रहेको बताए | आजको खेलमा अन्तर विभागीय केटाहरु अनि केटिहरु माझ १०० मी० , २०० मि० ४००मि , दौड, रिले रेश अनि अन्य खेलकूद प्रतियोगिता सम्पन्न भयो | भोलि यसै जन मैदानमा मंग्पू  अन्तर विधालय माझ खेलकूद सम्पन्न हुनेछ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.