त्रिमुर्ति पुरास्कारले सम्मानित कृष्णचन्द्र सिह मोक्तान र मोहन ठकुरीलाई कालेबुङमा सम्मान

कालेबुङ नोभेम्बर: डी के वाइबा
                  श्री सत्य साई सेवा समिति कालेबुङ समितिको आयोजनामा आज यहाँको रामकृष्ण रंगमञ्चमा त्रिमूर्ती साहित्यिक पुरस्कार द्वारा बिभूषीत कृष्ण चन्द्र सिहं मोक्तान अनि मोहन ठकुरीलाई सम्मान जनाईयो। सम्मानित व्यक्तित्व द्वयलाई पहिले नगर परिक्रमा गराएर नागारिक अभिवादन जनाईने कार्य सम्पन्न भयो। यहाँको रामकृष्ण रंगमञ्चमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न स्थानबाट साई अनुनायीहरुको ब्यापक उपस्थिति रहेको थियो। कार्यक्रर्मलाई खगेन्द्र प्रधानले अध्यक्षता गरेका थिए भने मुख्य अथितिका रुपमा सम्मानित व्यक्ति कृष्ण चन्द्र मोक्तान उपस्थित रहेका थिए। यसका साथै बिशिष्ट अथितिका रुपमा कवि मोहन ठकुरी,कवियत्री सानुमति राई उपस्थित रहेका थिए। श्री सत्य साई मन्दिरमा दमुख्य अतिथिको बाहुलीबाट दीप प्रज्वलन अनि साई बाबाको तस्बीरमा माल्य अर्पण गरेपछि प्रमुख अतिथिलाई सुसज्जि वहानमा चडाएर नगर परिक्रमा गराईयो। यस अवसरमा साई भक्तजनहरुले भजन गाउँदै नगर परिक्रमा गराएर तिनलाई कार्यक्रम स्थल सम्म पुराइयो। कार्यक्रममा मुख्य अथिति मोक्तानलाई सानुमति राईको बाहुलीबाट सम्बर्द्धना पत्र तथा स्मृति चिन्ह अनि सभाध्यक्ष खगेन्द्र प्रधानको भाहुलीबाट अंग वस्त्र औडाएर सम्मान जनाइयो भने बिशिष्ट अतिथि मोहन ठकुरीलाई सानुमति राईले स्मृति चिन्ह अनि मुख्य अतिथिको बाहुलीबाट अंग वस्त्र औडाएर सम्मान गरियो। यस अवसरमा सम्मानित व्यक्तित्व द्वयलाई कार्यक्रममा उपस्थित मानिसहरुले पनि खदा माला लगाएर सम्मान जनाए। कार्यक्रमलाई संचालन गर्दै कवियत्री बिन्द्या सुब्बाले सम्मानित ब्यक्तित्व द्वयको परिचय पठन गरे भने विवेक केसर पाणडेले कृष्ण चन्द्र सिंह मोक्तानको व्यक्तित्व माथि प्रकाश पारे। तिनले मोक्तान कारा बिभागको आई जी हुनुको साथै साईको अग्रदुत कसरि बन्न सके भन्ने बारेमा मानिसहरुलाई अवगत गराए। कसैलाई नराम्रो भनेर गाली नगर्ने मोक्तान आफ्नो सेवाकालमा समेत कैदिहरुको मनमा पसेर प्रेमका कुराहरु गर्ने गरेको बताउँदै यो साईको कृपाले नै भएको पनि तिनले बताए। जेलमा अहिले बिहान भजन गरने जुन संस्कार छ त्यो मोक्तानले नै बसाएको पनि तिनले बताए। यसै क्रममा बिशिष्ट अतिथि मोहन ठकुरीले पनि मोक्तानको साहित्यिक र आध्यात्मिक जीवनबारेमा मानिसहरुलाई अवगत गराए। तिनको जीवनमा आध्यत्म र साहित्य परसपर समान रुपले मिलेको भगवान साईकै कृपाले हो भनि मोहन ठकुरीले जनाए। यसै क्रममा कवि ठकुरीले कृष्ण चन्द्र सिहं मोक्तानको साहित्यिक योगदानको पनि चर्चा गरे। अर्कोतिर मुख्य अतिथि कृष्ण चन्द्र सिंह मोक्तानले सम्बोधन गर्दे आफुलाई कालेबुङका मानिसहरुले सम्मान गरेको आभर ब्यक्त गरे। तिनले अध्यात्म बारे बोल्दै मानिसहरु आ आफ्नो कार्यमा समर्पित हुनु नै वास्तमा आध्यात्मिक हुनु हो भने। मानिसहरु साईमा समर्पित हुनु भनेको आफेलाई परिवर्तन गर्नु हो भन्दै संधै राम्रो कुराको निम्ति मानिसहरुले परिवर्तन आफैलाई गर्नु पर्छ भने। तिनले साहित्य र अध्यात्मको गहिरो सम्बन्ध रहेको बताउँदै गहन साहित्य नै अध्यात्म हो भनि जनाए।
Read latest post filed under history, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.