हिल मोटर्स ड्राईभर वर्कर्स युनियनद्वारा महकुमा अधिकारीलाई ज्ञापन

कालेबुङ/डी के वाइबा- कालेबुङ हिल मोटर्स ड्राइभर वर्कर्स युनियनले अब नगरपालीकाद्वरा उठाइने पार्कीङ शुल्क नतिर्ने भएको छ। आज युनियनले शहरमा चालकहरुले दिनोदिन भोग्दै आएको समस्याहरुबारे कालेबुङ महकुमा अधिकारीलाई बिविध मागहरू गर्दै एउटा ज्ञापन चडायो। उनीहरुले आफ्नो मागहरु राख्दै महकुमा अधिकारीको अनुपस्थितिमा डिपुटी म्याजिस्ट्रेट डिकी भोटियालाई ज्ञापन सुम्पियो। चालकहरुले हाल बिबिध समस्याहरु भोग्न परिरहेको कारण पार्किङ शुल्कले अझ बोझ बडेको कारण जबसम्म चालकहरुले राखेको मागहरु पूर्ण हुँदैन तबसम्म पार्किङ शुल्क नतिर्ने निर्णय लिएको संगठनका अध्यक्ष सन्तोष शर्माले बताए। चालकहरुले बिबिध मागहरु राख्दै महकुमा अधिकारिलाई ज्ञापन सुम्पिनुको साथै कालेबुङका विधायक डा हर्क बहादुर छेत्रीलाई पनि ज्ञापन सुम्पिएको छ। चालकहरुले सुम्पेको ज्ञापनमा मोठ १४ वटा मागहरु राखेका छन्। संगठनले राखेको मागहरुमा पहिले कालेबु,को पार्किङ समस्यालाई समाधान गर्नु पर्ने माग राखेको छ। यसका साथै नोभेल्टी परिसरमा निर्माण भई रहेको मोटर स्ट्याणड यथाशिघ्र पुर्ण गर्नु पर्ने पनि माग गरेको छ। संगठनले शहरको वरिपरी रहेको पर्याटन केन्द्रहरुको चाडो जिर्णोद्धार गर्नुको साथै  बाहिरबाट पर्यटकहरु लिएर आएका बाहनहरुलाई पर्याटक स्थानहरुमा लैजाने कार्यलाई कानुनी रुपमा बन्द गरेर स्थानीय चालकहरुलाई रोजी रोटी कमाउने मौका दिनु पर्ने पनि माग पनि गरेको छ। यस अतिरिक्त पनि संगठनले विबिध मागहरु राखेको छ अनि जबसम्म यी मागहरु पुरा हुँदैन तबसम्म चालकहरु माथि लगाईएको पार्किङ शुल्कको बोझ हटाउँनु पर्ने पनि माग गरेको छ।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.