धमाधम चल्दैछ चुनाउको निम्ति नामांकन पत्र दर्ता गर्ने क्रम

12 नोभेम्बर(कालेबुङबाट प्रदीप लोहागुणको रिपोर्ट) :- आगामी 11 दिसम्बरमा सम्पन्न हुने नगरपालिका चुनाउको निम्ति पहाडका चारैवटा नगरपालिकाहरुमा मोर्चा प्रार्थीहरुले आफ्नो नामांकन पत्र दर्ता गर्ने क्रम जारी रहेको छ।यता, कालेबुङमा पनि मोर्चा प्रार्थीहरुले आजदेखि आफ्नो नामांकन पत्र जमा गर्न शुरु गरेका छन। आज मोर्चाका 17जना प्रार्थीहरुले नामांकन दर्ता गरेका छन। रहल 6जना उम्मेद्वारहरुले भोलि आफ्नो नामांकन पत्र जमा गर्नेछन। मोर्चा प्रार्थीहरुले यहाँको महकुमा अधिकारीको कार्यालयमा पुगेर महकुमा अधिकारी एल एन शेर्पालाई आफ्नो नामांकन जमा गरे।कालेबुङ नगरपालिकाको कूल 23वटा वार्डहरुमध्ये 13वटा वार्डहरुमा मोर्चाले महिला प्रत्याशीहरु खडा गरेको छ। मोर्चाबाहेक अन्य राजनैतिक दलहरुले कालेबुङ नगरपालिका चुनाउको निम्ति यसपालि खासै चासो देखाएका छैनन। क्रामाकपाले नगरपालिका चुनाउमा प्रतिस्पर्धा नगर्ने अडान लिएको छ भने गोर्खालीगले दोधारे नीति अपनाएको देखिन्छ। अर्कोतिर, बिगतका चुनाउहरुमा जस्तो निर्दलीय उम्मेद्वारहरु खडा हुने सम्भावना पनि कमै देखिएको छ। कालेबुङमा माकपाका तारा सुन्दासले मात्र वार्ड न0 10बाट प्रतिस्पर्धा गर्ने संकेत पाइएको छ। हालसम्मको अवस्थामा मोर्चाले पहाडका अधिकांश सिटहरु निर्विरोध जित्न सक्ने परिस्थिति सृजना भएको छ।राजनैतिक रुपले सुप्त अवस्थामा रहेको दल गोरामुमोले पनि नगरपालिका चुनाउप्रति कुनै प्रतिक्रिया देखाएको छैन। यस हिसाबले निर्धारित समयभन्दा केही बर्ष ढिलो गरी भइरहेको नगरपलिका चुनाउ खासै रोमाञ्चक र प्रतिद्वान्द्वितापूर्ण नहुने राअजनीति सचेत मानिसहरुको भनाई छ।
Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.